पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य यथावत्

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेका बेला नेपाल आयल निगमले हाल कायम रहेको इन्धनको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरिएको हो। निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार १ साउन बिहान […]

होटल पार्कल्याण्डको विशेष साधारणसभा आह्वान

काठमाडौं । होटल पार्कल्याण्ड लिमिटेड विशेष साधारणसभा आह्वान गरिएको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गतेका लागि विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा साउन २२ गते शुक्रबार दिउँसो साढे ३ बजे चौथो तल्ला युनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर हुने छ । कम्पनीले सबै सेयरधनीहरुलाई निर्धारित […]

आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको ब्याज पनि लाभांशमा गणना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको ब्याजलाई नियमनकारी कोषमा सार्नुनपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत ब्याज आम्दानी र नियमनकारी कोषसम्बन्धी व्यवस्था संशोधन गरेको हो। नयाँ व्यवस्थाले आर्थिक वर्ष सकिएलगत्तै ब्याज असुली गर्न सक्ने बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा र […]

चालु पुँजी कर्जा : भेरियन्स व्यवस्था एक वर्षपछि मात्रै लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा रहेको ‘भेरियन्स’ व्यवस्था कार्यान्वयन गर्ने समय एक वर्ष पछाडि सारेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत उक्त व्यवस्था अब २०८४ साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट गरेको हो । यसअघि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको भेरियन्स व्यवस्था २०८३ साउन १ गतेदेखि […]

विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्लै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा […]

टिएमएसमा चलाउनेकाे संख्या ३४ लाख ६६ हजार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ। आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट खाता खोलिएको थियो। अहिले नेपालको कूल जनसङ्ख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको बताइएको छ। डिम्याट […]

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ । कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये […]

आजको मौसम : देशभर नै मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदै छ भारी वर्षा ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ । जसको प्रभावले देशभरमा साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेस, कर्णाली […]

विश्वकप फुटबल : इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं । लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २–१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि एन्जो […]

डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा रहेको थियो । युरोपियन […]