प्रधानमन्त्री कार्कीको प्रश्न : त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी मागेकी छिन् । प्रधानमन्त्री कार्कीले मंगलबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलसमेतको उपस्थितिमा त्रिविका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी, रजिस्ट्रार प्रा. केदारप्रसाद रिजाललगायतसँग छलफल गरेकी हुन् । छलफलमा छलफलमा मुख्य […]

इस्लामाबादमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु

काठमाडौं ।  नोभेम्बर ११ मा पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत परिसर बाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। पाकिस्तानी अधिकारीका अनुसार आक्रमणकारीले अदालतभित्र पस्ने प्रयास गरेको तर सुरक्षाकर्मीहरूले रोक्दा प्रहरीको गाडी नजिकै विस्फोट गराएको बताइएको छ। विस्फोटको शक्तिले वरपरका सवारीसाधन र भवनहरूमा क्षति पुर्‍याएको छ। घटनापछि सुरक्षाकर्मीहरूले […]

मंगलबार नेप्से सूचक बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । यसदिन नेप्से ३.२१ अंकले बढेको छ । बजार २५६५.१६ विन्दुमा पुगेर बन्द भएको छ । आज ३२७ वटा कम्पनी ५५ हजार ६३२ पटकको कारोबार हुँदा ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ६२ करोड ६१ लाख रहेको छ । […]

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया) । थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । “कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ । कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड सीमामा रहेका अधिकांश बारुदी सुरुङ् कठिन भूभाग र […]

२२ हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौं । ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य ‘रेकर्डिङ’ प्रणाली विकास गरेको हो […]

कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग

काठमाडौं । ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो । जेन–जी मुभमेन्टले राष्ट्रघाती सम्झौता संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत […]

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवन अभाव

काठमाडौं । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छभने केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज नै प्रभावित भएको छ। केन्द्रका […]

उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव कार्यान्वयन गर्न थालिसकेको छु : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू क्रमशः कार्यान्वयन थालेको बताएका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले आयोगका अधिकांश सिफारिसहरूलाई कार्यान्वयन गर्ने जिम्मेवारी अहिले अर्थ मन्त्रालयले लिएको र केही नीति तथा कानून तयार पार्ने प्रक्रियामा रहेको जानकारी दिए । खनालकाअनुसार आयोगका कतिपय सिफारिसहरू दीर्घकालीन प्रकृतिका […]

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

काठमाडौं ।  महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो […]

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु

काठमाडौं । सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रबाट ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार यी बचतपत्र निष्कासन गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको हो । दुवै प्रकारको बचतपत्रको अवधि ५ वर्षको हुनेछ । कार्यालयले २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार […]