जोखिममा आधारित नियमनकारी व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बुधबार काठमाडौंमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी […]

सिटिजन्स बैंक र अनमोल डेण्टल हबबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

जीवन बीमाले एक महिनामा १ खर्ब २१ अर्ब कमाए, नेपाल लाइफको आम्दानी सबैभन्दा धेरै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा  १ खर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको […]

फेरि दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा सेयर बजार प्रभावित बन्ने क्रमले निरन्तरता पाए सँगै बिहीबार पनि सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउछन् । बुधबार दोहोरो अंकले घटेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरुले शेयर […]

नीतिगत अस्थिरता कम गर्न बजेटमा कम क्षेत्र चलाईयोः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारवालाले यसलाई स्वीकार गरेको बताएका छन् । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले सरोकारवाला सबैले […]

आगामी आवको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनेः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा डेपुटी गभर्नर मिश्रले आगमी मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने बताएका हुन्। ‘मौद्रिक नीतिको तेस्रो समीक्षाले लचक नीति लिएको छ […]

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । बिहीबार सुनको मुल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रति तोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ४ सय […]

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण: नेपाल चेम्बर

काठमाडौं ।सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी […]

बजेटको आलोचना नहुँदा सप्राइज भएः अर्थमन्त्री पुन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आलोचना नहुँदा आफू सप्राइज भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बजेटलाई सबै साथीहरुले स्वागत गर्दा आफू सप्राइज भएको बताएका हुन्। ‘बजेटलाई सबै साथीहरुले स्वागत गर्नु भएको छ। बजेट मार्फत साथीहरुलाई सप्राइज दिए […]

गाँजा वैध बनाउने पक्षमा अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले गाँजा वैध बनाउनु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले गाँजा वैध बनाउनु पर्ने बताएका हुन्। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा पनि औषधि प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने बताइएको छ। विगतमा गाँजा […]