हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ । सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो । नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन […]

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको हो। सार्वजनिक बिदा भएकोले आज बागमती प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक […]

सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २१ गतेदेखि निष्काशन गरिरहेको आईपीओ आज बन्द हुने भएको हो । कम्पनीले हाल पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिरहेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख […]

पञ्जाबलाई हराउँदै हैदराबाद शीर्ष स्थानमा

काठमाडौं । पञ्जाब किङ्सलाई ३३ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ । हैदराबादमा बुधबार भएको उच्च स्कोरिङ खेलमा २३६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्रै बनाउन सक्यो । पञ्जाबका कुपर कोनोलीले अविजित १०७ रनको शानदार शतक बनाए पनि टोलीलाई जित […]

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सानिमा क्यापिटलले आज (बैशाख २४ गते) देखि सानिमा इक्विटी फण्ड २ निष्काशन तथा बिक्री खुला गर्दैछ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो फण्ड एक बन्दमुखि योजना हो। सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशका […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ […]

कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु गरेको छ । सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी […]

मौसमी सूचना र विपद् पूर्वतयारीबारे ऊर्जामन्त्रीद्वारा विभागको निरीक्षण

काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना […]

नेपाल ५ के रन च्यालेन्ज शनिबार

काठमाडौं ।  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ । दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फत ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ […]