बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द । बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आज बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित बोलेर पिकअप र ट्याक्टरलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल […]

गुजरात टाइटन्सले टस जितेर बलिङ रोज्यो, लखनऊले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईपिएल २०२६ को १९ औं खेलमा गुजरात टाइटन्सका कप्तान शुभमन गिलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। लखनऊको एकना क्रिकेट स्टेडियममा भइरहेको यस खेलमा गुजरातले फिल्डिङ रोजेपछि ऋषभ पन्तको कप्तानीमा रहेको लखनऊ सुपर जायन्ट्सले पहिले ब्याटिङ गर्दै विपक्षी टोलीलाई लक्ष्य प्रस्तुत गर्नेछ।

सीमा विवादमा वार्ता आग्रह

नोम पेन। लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा कम्बोडियाले थाइल्यान्डलाई तत्काल वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । गत वर्ष भएका घातक झडपपछि भएको युद्धविराम सम्झौतासमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा कम्बोडियाले कूटनीतिक संवादलाई पुनर्जीवित गर्न जोड दिएको हो । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले शनिबार सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा दुवै […]

स्रोत नखुलेको ८ लाख नगद सहित २ जना पक्राउ

सर्लाही। ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका-४ घर भएका २३ वर्षीय कृष्ण कुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ घर भएका ४१ वर्षीय शिव नारायण महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको […]

राजनीतिक तनावबीच विश्व बजार: युद्ध चलिरहँदा पनि किन केही सेयर बजारहरु उकालो लागिरहेका छन् ?

काठमाडौं । विश्व शेयर बजार अहिले मिश्रित अवस्थाबाट गुज्रिरहेको छ, जहाँ केही देशका सूचकांकहरू तीव्र रूपमा बढिरहेका छन् भने केही बजारहरू सुस्त वा दबाबमा देखिन्छन् । सामान्यतया युद्ध, भूराजनीतिक तनाव र आर्थिक अनिश्चितताले बजार घटाउने अपेक्षा गरिन्छ, तर हालको विश्व परिदृश्यमा केही बजारहरू युद्धकाबीच पनि मजबुत रूपमा बढिरहेको देखिनु एक रोचक आर्थिक घटना हो । […]

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु ।  सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए । संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रुपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम […]

अम्पायरबारे विवादास्पद टिप्पणी गरेको भन्दै करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना

काठमाडौं । सामाजिक सञ्जालमार्फत ‘खेलाडीले अम्पायरलाई गल्तीले हिर्काए कति खेल प्रतिबन्ध हुन्छ?’ भनेर प्रश्न गरेका नेपाली राष्ट्रिय टोलीका पेसर करण केसीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ। नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणले एक पेजमा अम्पायरको निर्णयसम्बन्धी विवादित पोस्टमा कमेन्ट गर्दै उक्त जिज्ञासा राखेका थिए। नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्त […]

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं ।  वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास र रोजगारी सिर्जनाका निम्ति हुनुपर्नेमा जोड दिएकि छिन् । साथै उनले जैविक विविधता र वनस्पति संरक्षण अपरिहार्य भएको बताइन । वनस्पति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले जैविक विविधता र वनस्पति संरक्षणबाट खाद्य सुरक्षा, रोजगारी र आर्थिक विकास गर्न सकिने बताइन […]

प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतीय संगीत जगतकी महान तथा बहुआयामी गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनले आफ्नो मधुर र विविध स्वरका माध्यमबाट धेरै पुस्ताका संगीत प्रेमीहरूको मन जितेकी थिइन् । उनको निधनले सम्पूर्ण संगीत संसारलाई स्तब्ध बनाएको छ। उनका छोरा आनन्द भोसलेले उनको निधनको पुष्टि गर्दै अन्त्येष्टि भोलि दिउँसो ४ बजे मुम्बईको शिवाजी पार्कमा […]

पाकिस्तानले साउदी अरेबियामा १३ हजार सेना र लडाकु विमान पठायो

काठमाडौं ।  पाकिस्तानले साउदी अरेबियामा आफ्नो लडाकु विमान र सैन्य बल पठाएको छ । गत वर्ष हस्ताक्षर गरिएको संयुक्त रणनीतिक रक्षा सम्झौताको एक भागको रूपमा लगभग १३ हजार सैनिक र १० देखि १८ जेट विमानहरू सम्मिलित पाकिस्तानी सैन्य दल साउदी अरेबिया पुगेको साउदीले शनिबार (अप्रिल ११, २०२६) घोषणा गरेको छ। यो कदम दुई देशबीच २०२५ […]