यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) […]

एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा

काठमाडौं । इजरायल र इरानले एक अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् ।  तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गरेका छन् । इरानी सेनाले पनि अहिलेलाई सैन्य […]

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका […]

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

म्याग्दी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन् । करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गरेका ढुङ्गाना जिल्लामा गाईभैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित […]

‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

चितवन। चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपीएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ । श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका महिलालाई ‘आइपीएम’सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो । रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा […]

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

कञ्चनपुर । पर्यावरणमैत्री पर्यटन प्रवर्द्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास ९होमस्टे०मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ । विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ । शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ वटा होमस्टे […]

१८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु, चार वर्षमा पूरा हुने अपेक्षा

म्याग्दी । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलबाट गरि […]

साढे २५ अर्ब रुपैयाँको हकप्रद निष्काशन अनुमति कुर्दै २५ कम्पनी, जलविद्युत् क्षेत्रको दबदबा

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड पूर्णकालिन नेतृत्व बिहीन अवस्थमा रहेको छ । अध्यक्षले राजीनामा दिएको अवस्थामा अहिले अर्थमन्त्रालयका प्रतिनिधिले अध्यक्षको जिम्मेवारी सम्मालिरहेका छन् । तर, अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिए पछि करिब २ महिना हुनलाग्यो अध्यक्ष नयाँ अध्यक्ष आउन सकेका छैनन् । अध्यक्ष नियुक्तिमा ढिलाइ हुँदा बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनको […]

प्रतिनिधिसभा बैठक बस्दै, के के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा […]

पश्चिमी न्यून चापीय र स्थानीय वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणता बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी […]