स्वास्थ्यमन्त्री र बेलायती राजदूतबिच शिष्टाचार भेट

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुई देशबिचको आपसी सहकार्यले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । मन्त्री मेहताले वर्तमान सरकारले अघि सारेको […]

महासंघको वर्तमान कार्य समितिमा बाबु–छोरा सँगै

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिमा बाबु छोरा रहेका छन् । महासंघको ६०औं कार्यकारिणीसभाको निर्बाचनबाट एसोसिएट सदस्यमा सर्वाधिक १३१८ मत पाएर सचिन ढकाल विजयी भएसँगै यस्तो संयोग जुरेको हो । महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ । यो सँगै वर्तमान कार्यसमितिमा बुबा निवर्तमान अध्यक्ष चन्द्र ढकाल र छोरा […]

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो ६ महिनायता लीलाधर र उनको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन । घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र […]

सिटि होटलद्वारा संस्थापक समूहको सेयर बिक्रीको खबर गलत रहेको दाबी

काठमाडौं ।  सिटि होटल लिमिटेडले केही सञ्चारमाध्यमहरूमा प्रकाशित लक-इनमा रहेको संस्थापक समूहको शेयर बिक्री सम्बन्धी समाचारहरूलाई पूर्णतः गलत, भ्रामक तथा तथ्यहीन भएको भन्दै गम्भीर आपत्ति जनाएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारहरूले आम लगानीकर्ता, शेयरधनी तथा सरोकारवालामा भ्रम सिर्जना गरेको उल्लेख गरेको छ। विज्ञप्तिमा सिटिले  भनेको छ, ” केही सञ्चारमाध्यमहरूमा सिटि होटल […]

भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)को कसुरमा छानबिनको लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन

नयाँ दिल्ली । एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफनो नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । एभरेस्ट च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (इसीसीआइ इन्डिया ) ले आफ्नो वार्षिक साधारण सभा यसै साता प्रतिष्ठित पीएचडी हाउसमा सफलतापूर्वक सम्पन्न गरेको छ । प्रख्यात अन्तर्राष्ट्रिय योगगुरु तथा सफल व्यवसायिक व्यक्तित्व डा. मोहन […]

अमेरिका र इरान वार्ताको संकेतसँगै तेल बजारमा ठूलो गिरावट

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताबारे समाचार बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र रूपमा घटेको छ । यो समाचार तयार पार्दै गर्दा ब्रेन्ट कच्चा तेलको मूल्य १०.४० प्रतिशतले घटेर प्रति ब्यारेल ९८.४४१ डलर पुगेको छ भने क्रुड आयलको मूल्य ११.९८ प्रतिशतले घटेर ९०.०२ डलरमा झरेको छ । बजारमा लगानीकर्ताहरूले अमेरिका र […]

यस्तो बन्यो अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको उद्योग वाणिज्य महासंघ हाक्ने समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई अघि बढाउने जिम्मेवारी अब अध्यक्ष अन्जन श्रेष्ठको काँधमा आइपुगेको छ । यो पटकदेखि समाप्त भएको वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुरुप श्रेष्ठ महासंघका अध्यक्ष बनेका हुन् । उनी महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् । यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका […]

यस्तो बन्यो नयाँ उद्योग वाणिज्य महासंघ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष अन्जन श्रेष्ठ बनेका छन् । यो पटकदेखि समाप्त हुने वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था अनुरुप श्रेष्ठ महासंघका अध्यक्ष बनेका हुन् । उनी महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचन मार्फत् महासंघका अध्यक्ष बन्न पुगेका छन् । यसअघि महासंघको नेतृत्व चन्द्रप्रसाद ढकाल गरिरहेका थिए । […]

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सर्दी मार्फत जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि […]