प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्छ : वर्षमान पुन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको विवादास्पद अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान यथावत् रहेको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको भनाइको आशय स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको बताए। उनले प्रधानमन्त्री शाह स्वयं प्रतिनिधिसभाको रोष्ट्रममा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा राख्नुपर्ने माग गरे। […]

