धितोपत्र बोर्डले पाउन सकेन अध्यक्ष, कर्णाली बैंकका सेयर वितरण प्रक्रिया बन्यो अनिश्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालन गर्ने तयारी गरे सँगै निक्षेपकर्तालाई राहत मिल्ने भएको  छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई खारेजीबाट जोगिाउदै पुनः सञ्चालनमा ल्याउने तयारी गरेको अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष बिहीन हुँदा समस्या भएको हो । सरकारले बोर्ड अध्यक्ष नियुक्ति नगर्दा कर्णाली बैंक र सेयर बजारमा समेत […]

नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ । यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको निर्यात ४१.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा […]

एच–१बी भिसामा १ लाख डलर शुल्क लगाउने ट्रम्पको नीति अदालतद्वारा खारेज

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसाका लागि आवेदन शुल्क १ लाख अमेरिकी डलर अनिवार्य बनाउने निर्णयलाई खारेज गरेका छन्। उच्च दक्षता भएका विदेशी कामदारलाई विशेष क्षेत्रमा रोजगारी दिन प्रयोग हुने उक्त भिसा कार्यक्रममा यस्तो शुल्क लगाउने अधिकार राष्ट्रपतिसँग नरहेको अदालतले ठहर गरेको हो। अमेरिकी जिल्ला अदालतका न्यायाधीश लियो सोरोकिनले सोमबार […]

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (जेठ २७ गते) अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो […]

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विदेशी विनिमयदर अनुसार डलर, पाउण्ड र युरोको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर […]

जेसीबी नेपालद्वारा इटहरीमा विश्वास, साझेदारी र ग्राहक सफलता उत्सव मनाउन ग्राहक सम्मान कार्यक्रमको आयोजना

इटहरी । MAW अर्थमुभर्स प्रा. लि. अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ-संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो। […]

१० महिनामा चालु खाता ७ खर्ब २९ अर्बले बचतमा, शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा गत आर्थिक वर्षको सोही […]

मुलुकको १० महिनाको वित्तीय अवस्था : वार्षिक उपभोक्ता मुद्रास्फीति ५.०५ प्रतिशत

काठमाडौं । नेपालमा उपभोक्ता मुद्रास्फीति बढेको  देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८३ बैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०५ प्रतिशत कायम भएको छ।अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ […]

  जलविद्युत् आयोजनासम्बन्धीअनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक

काठमाडौं । विद्युत् विकास विभागले  जारी गरेका  जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा अनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानूनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव रहेको छ ।   प्रतिवेदन बुझाउन गएको टोलीलाई  मन्त्री श्रेष्ठले […]