श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : उपाध्यक्ष पाण्डे
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्। स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औँ सत्रमा नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त धारणा राखेका हुन्। […]

