सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उनलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने […]

म विरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको हो :अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको बताएका छन्। बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमाथि संसद्मा छलफल हुनुपर्ने अवस्थामा प्रतिनिधि सभा अवरुद्ध गराएर आफ्नो चरित्रमाथि प्रहार गर्ने प्रयास भएको दाबी गरे। उनले भने, “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको […]

फिफा विश्वकप २०२६ : डीगोले ल्यायो ५४९ रुपैयाँको मोबाइल पास

काठमाडौं । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो। विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा डीगोले नेपाली दर्शकलाई लक्षित गर्दै मोबाइलमार्फत खेल र्हे सकिने विशेष प्याकेज […]

हजारोंले घट्यो सुनको मूल्य , प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा  भारी गरावाट अएको छ  । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  १० हजार १ सय रुपैयाँले घटेको छ ।बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ८  सय रुपैयाँमा कारोबार भइरेहको छ । मंगलबार सुन प्रतितोल ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस […]

तीन विद्यार्थी पढाउन तीन शिक्षक

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको सङ्ख्या बराबर छ। कक्षा ३ सम्म पठनपाठन हुने यस विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारी दुवैको सङ्ख्या तीन-तीन जना मात्रै छ। २०४० मा स्थापना भएको यस विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ। हाल बालकक्षामा एक जना र कक्षा ३ […]

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । कृषि जनगणना, […]

पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु

पाकिस्तान । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरी गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको र १४ जना घाइते भएको जनाएको छ । तालिबानका अनुसार आक्रमणले दुई देशबीचको तनावलाई थप चर्काएको छ र सीमावर्ती क्षेत्रमा असुरक्षाको अवस्था गम्भीर बनेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मङ्गलबार राति र बुधबार बिहानको […]

अमेरिकाले फेरि सुरु गर्यो इरान विरुद्ध आक्रमण

काठमाडौं । तेहरानले होर्मुजको जलडमरूमा अमेरिकी अपाचे हेलिकप्टर खसाले पछि संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध आक्रमण सुरु गरेको छ। अमेरिकाले इरान बिरुद्द आक्रमण सुरु गरे पस्चात  छ र कमजोर युद्धविराम थप तनावपूर्ण बनेको छ । अमेरिकी सेनाले ‌एक्स  मा भनेको थियो कि यसले स्ट्रेट अफ होर्मुज नजिकै इरानी हवाई रक्षा, जमिन नियन्त्रण स्टेशनहरू र निगरानी […]

बजारमा अधिक तरलता ६० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले २६ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उनले भने, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक […]