गण्डकी प्रदेशमा राइड शेयरिङ कम्पनीलाई दर्ताका लागि आग्रह

काठमाडौं । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले राइड सेयरिङ सेवा प्रदायक संस्था तथा कम्पनीहरुलाई दर्ताका लागि  निर्देशन दिएको छ।  ‘गण्डकी प्रदेशभित्र हाल दर्ता तथा इजाजतपत्र नलिई राइड सेयरिङ सेवा सञ्चालन गरिरहेका सेवा प्रदायक संस्था, कम्पनी, व्यक्ति तथा प्लेटफर्महरूलाई यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिनभित्र सम्बन्धित कार्यालयमा आवश्यक कागजातसहित […]

राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण सुरु गर्ने, ७७ जिल्लाबाट १० हजारभन्दा बढी नमुना संकलन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको अवस्था मापन गर्न ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सर्वेक्षणका लागि देशका ७७ वटै जिल्लाका सबै प्रकारका स्थानीय तह समेटिने जनाएको छ। र्यान्डम स्याम्पलिङ (Random Sampling) विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ नमुना संकलन गरिने […]

एडीबीद्वारा नेपालमा भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि ५ करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार प्रवर्द्धन गर्न तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउन ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। यो ऋण दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको भन्सार तथा लजिस्टिक्स सुधार कार्यक्रमको दोस्रो उपकार्यक्रम (सबप्रोग्राम–२) का लागि प्रदान गरिएको हो। […]

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

काठमाडौं ।याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो। कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र […]

टेरामक्स भ्रष्टाचार मुद्दा : बस्नेतसहित १६ जनाविरुद्धको सुनुवाइ तेस्रो दिन पनि जारी

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ तेस्रो दिन पनि जारी रहेको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। लगातार तीन दिनदेखि बहस भइरहे पनि इजलासले हालसम्म कुनै आदेश दिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ […]

सन नेपाल लाइफलाई आईक्यानको ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा  २०८३ साल असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि […]

६२ सयले बढ्यो सुन, चाँदीमा पनि वृद्धि

काठमाडौं ।बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ हजार दुई सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ७७ हजार तीन सय रुपैयाँमा काराबर भएको थियो । यसैगरी चाँदीको […]

लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं ।सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। यससँगै अब स्थानियहरुले बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।मन्त्रिपरिषद् बैठक बिहीबार बस्ने भएको छ । आज अपरान्ह २ः०० बजे  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बस्नेछ ।

प्रतिनिधिसभाको वैठक बस्दै चार विधयेक पेश हुने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३०औँ बैठक आज बिहान ११:०० बजे संसद भबन सिंहदरबारमा बस्न लागेको छ  ।   आजको प्रतिनिधिसभाको बैठकमा  सम्माननीय सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।  त्यसैगरि  प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले […]