चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ । कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यस पटक भक्तजनको […]

दासत्व पीडितहरूको स्मृति दिवस आज, संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष स्मृतिसभा हुँदै

काठमाडौं । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस, मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक प्रस्ताव पारित गरेर […]

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् । […]

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता […]

गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको गरिमा सुवर्ण योजनाको इकाइ खरिद गर्ने आज अन्तिम दिन रहेको छ । गत फागुन २८ गतेदेखि निष्काशनमा ल्याएको आफ्नो पहिलो खुलामुखी योजना, गरिमा सुवर्ण योजनाको इकाई खरिदका लागि आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको हो । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । यद्यपि, क्यापिटलले […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको […]

चैत १३ गतेदेखि बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी

काठमाडौं । यही चैत १३ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला, २०८२ आयोजना हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १३ गतेदेखि १६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । बागमती प्रदेशका किसानको मनोबल अभिवृद्धि गर्नुका साथै युवा शक्तिलाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न […]

भूपेन्द्र र सुजन सम्मानित

काठमाडौं । नेपाल उमा कुङफु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु […]

लायन्स डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । ललितपुरमा लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ। चैत्र ७ गते शनिबार आयोजित उक्त महाधिवेशन मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भको आतिथ्यतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन एक नारायण शर्मा, लायन गंगा देवी ढकाल तथा पास्ट इन्टरनेशनल डाइरेक्टर […]