औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड बढी, कस्तो छ औद्योगिक क्षेत्रको स्थिति ? (विस्तृतमा)

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कुल सम्पत्ति करिब साढे ५६ अर्ब पुगेको छ । औद्योगिक क्षेत्रको कुल सम्पत्ति ५६ अर्ब ४६ करोड २२ लाख ७५ हजार रुपैयाँ पुगेको छ। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार संस्थासँग चल तथा अचल गरी उल्लेख्य सम्पत्ति रहेको (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। विवरणअनुसार चल सम्पत्तिअन्तर्गत बैंक मौज्दात तथा […]

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ । पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार […]

ट्रम्प-मेलोनी विवादपछि युरोपेली एकता थप मजबुत, साझेदारी र सुरक्षा सहकार्यमा जोड

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीमाथि सार्वजनिक रूपमा आलोचना गरेपछि त्यसको उल्टो प्रभाव देखिएको छ । ट्रम्पको दबाबले मेलोनीलाई अलग पार्ने सट्टा युरोपेली नेताहरूलाई उनको पक्षमा उभिन प्रेरित गरेको विश्लेषकहरूले बताएका छन् । यससँगै रक्षा, सुरक्षा, व्यापार र विदेश नीतिमा युरोपेली एकता झन् बलियो बन्दै गएको आकलन गरिएको छ । ट्रम्पले इटालीको […]

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक […]

अब नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत ग्राहकको घरैमा उपलब्ध हुने

काठमाडौं ।  नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिमकार्ड लगायत अन्य कागजात, चिठीपत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्रीहरु हुलाक सेवामार्फत ढुवानी हुने भएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गरी सम्बन्धित सबैमा जानकारी गराएको हो। यस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य सामग्री सेवाग्राहीको घरैसम्म हुलाकमार्फत उपलब्ध हुनेछ। […]

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । बिहीबार यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा २ प्रतिशतले घटाउने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा यात्रुवाहक तथा मालवाहक सवारीमा ५ प्रतिशतसम्म भाडा बढाएको विभागले इन्धनको मूल्य घट्दा २ प्रतिशत भाडा […]

म्युचुअल फन्डको नाफा २२.४७ प्रतिशतले बढ्दा अधिकांश फन्डको ‘न्याभ’ मा पनि सुधार

काठमाडौं । सञ्चालनमा रहेका ५७ वटा म्युचुअल फन्डहरु (खुला र बन्दमुखी) ले जेठ महिनामा समग्रमा १ अर्ब १५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखमा फन्डहरुको नाफा ९४ करोड १६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जेठमा नाफा २२.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ। जसमध्ये, सबैभन्दा धेरै नाफा कमाउने फन्ड प्रभु स्मार्ट फन्ड बनेको […]

अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक सम्पन्न गर्न २ अर्ब बजेट, ३९ जिल्लाका योजना समेटिए

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गतका अधुरा आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार ३९ जिल्लामा रहेका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका लागि आवश्यकताका आधारमा बजेट छुट्टाइएको हो। कार्यक्रमअनुसार कञ्चनपुर जिल्लाका अधुरा निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाका […]

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं ।राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, […]

सरकारको १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत के-के काम भए ?

काठमाडौं ।सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन गर्ने क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरण, डिजिटल प्रशासन, हुलाक सेवामार्फत नागरिकमैत्री सेवा विस्तार तथा सरकारी संयन्त्रको उत्तरदायित्व अभिवृद्धिलाई केन्द्रमा राखेर विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ । प्रशासनिक प्रक्रियालाई छोट्याउनेदेखि नागरिक एपमार्फत सेवा विस्तार, सरकारी कागजात घरमै पुर्‍याउने ‘गभर्नमेन्ट कुरियर सर्भिस’ सञ्चालन, सरकारी […]