७२०० ले बढ्यो सुनको मुल्य, चाँदीको कति ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको थियो । […]

