गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि दमौलीमा हुने गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । निकट भविष्यमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरुष टिम छनोट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो। व्यास नगरपालिका–३ खुल्ला मैदानमा हुने प्रतियोगिताका लागि मैदान तयार […]

बाढीपहिरोका कारण अवरुद्ध पाँच वटा राजमार्ग सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगैको आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्नका राजमार्गमध्ये पाँच वटा एकतर्फी रूपमा सञ्चालन भएका छन्। बाढीपहिरोका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड, लमजुङको मध्यनेपाल नगरपालिका-१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र तनहुँ आबुखैरेनी गाउँपालिका-४ डम्पिङस्थित […]

संकल्प इन्भेस्टमेन्टको प्रिमियम यात्रा अनामनगरबाट सुरु

काठमाडौं ।काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट प्रा.लि.ले ‘एभरेस्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ। आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो आउटलेट अब कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ। कम्पनीका अध्यक्ष कृष्ण अर्यालले “हामी संख्या होइन, स्तर निर्माण गर्न […]

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा पेस भएका रिटहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरिदिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका थिए । उक्त रिटहरू दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले […]

दरखोला जलविद्युत् आयोजनामा लगानी जुट्यो

काठमाडौं । म्याग्दी । धवलागिरी गाउँपालिकामा निर्माण हुन लागेको छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको लगानीका लागि स्रोत जुटेको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको रु एक अर्ब ३० करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको हो । बैंकको ७० प्रतिशत अर्थात् रु ९१ करोड र आन्तरिक स्वपुँजी रु […]

नेपाल ‘ए’ काे लगातार दाेस्राे जीत, अमेरिका ३ विकेटले पराजित

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । नेपाल ‘ए’ का मयन यादवले ७२ रन बनाए । अमेरिकाका मिलिन्द कुमारले २ विकेट लिए । यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर […]

मन्त्रालयले छनोट गरेका प्राथमिकतायुक्त आयोजनामा बजेट केन्द्रित गर्ने सरकारको तयारी, पहिला पुराना योजना सम्पन्न गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणमा विभिन्न मन्त्रालयहरुले छनोट गरेका प्राथमिकतायुक्त आयोजनालाई केन्द्रमा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको छ । सीमित स्रोतलाई छरपस्ट नगरी प्रत्यक्ष परिणाम दिने तथा समयमै सम्पन्न हुने योजनामा केन्द्रित हुने उद्देश्यसहित बजेट तयारी भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताए । लम्सालका अनुसार विभिन्न मन्त्रालयहरुले आफ्नो मातहतमा रहेका […]

साढे ३३ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यस साता नेप्सेमा साढे ३३ लाख कित्ता सेयर सूचीकृत भएको छ । बैशाख २१ गतेदेखि २५ गते सम्मको अवधिमा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस बापतको १ लाख १६ हजार ३२१.२७६५ कित्ता […]

उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने, पीडितलाई अनुदान बैंक खातामा सिधै पठाउने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एक महत्त्वपूर्ण कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने भएको छ। व्यवस्थापनको आधुनिक पहल र तयारी प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको […]

‘कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्छ’

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा उहाँले कृषि अनुसन्धानका संरचनालाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई […]