मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले २९ घरपरिवारलाई लालपुर्जा वितरण र साढे २ करोड सहकारी पीडितको बचत फिर्ता गर्ने काम गरेको बताएकी छिन् । सरकार गठन भएको एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै उनले सार्वजनिक सेवा प्रवाह, सहकारी सुधार, भूमि व्यवस्थापन तथा प्रशासनिक सुशासनलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा उल्लेखनीय […]

अछाममा चट्याङ लागेर चार जना घाइते

कैलाली । अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र […]

फिफा विश्वकप २०२६ को प्रि-क्‍वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो । ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् । […]

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र […]

घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम […]

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

काठमाडौं । काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असार १८ गतेको अविरल वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार यहाँका […]

मौद्रिक नीतिमा एफएनसीसीआईको सुझाब, परिणाम कागज होइन, बजारमा देखिनुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई केवल ब्याजदर घटाउने औजारका रूपमा नभई थन्किएको पूँजीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने ‘विश्वास पुनःस्थापना नीति’ बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। महासंघले राष्ट्र बैंकलाई बुझाएको सुझावपत्रमा नेपालको बाह्य सूचक बलियो देखिए पनि आन्तरिक अर्थतन्त्र अझै लयमा फर्किन नसकेको निष्कर्ष प्रस्तुत गरिएको […]

साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । गत असार १२ गतेको तुलनामा असार १९ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतितोलामा ११ हजार ६०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार गत असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० […]

सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो?

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २६४९.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१५ प्रतिशत अर्थात ३.८९ अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको हो । यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द […]

केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो । […]