मनसुनजन्य विपद्का लागि नेपाल प्रहरीको पूर्वतयारी पूरा, १० हजारभन्दा बढी प्रहरी तत्काल परिचालन हुने

काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी पूरा गरेको जनाएको छ। विपद् आइपरेमा तत्काल परिचालन हुने गरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि प्रहरी चौकी स्तरसम्मका सबै प्रहरी इकाईमा आवश्यक जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]

सय दिनमा सरकार : ‘डोजर आतंक’ र उत्तेजित अभिव्यक्ति समाजका लागि घातक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एकसय दिन पूरा भएको छ । यो अवधिलाई सरकारको ‘हनिमुन पिरियड’का रूपमा पनि लिइन्छ । २०८२ चैत १३ गते गठन भएको सरकारको तीन महिनाको अवधिमा भएका गतिविधि र घटनाक्रमलाई तथ्यगत समीक्षा हुन जरुरी छ । जेन–जी आन्दोलनको जगमा बनेको सरकारको पहिलो सय दिनमा अपेक्षाअनुसारका सुधारात्मक कामसँगै […]

रासायनिक मल खरिदमा अनियमितता, मेलम्ची खानेपानी आयोजनाको अवस्थाबारे सरकारसँग जवाफ माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले मुलुकको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध, सुशासन तथा जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शनिबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले वर्षायामका कारण कर्णालीमा देखिएको सडक समस्या, दैलेखमा भएको सवारी दुर्घटना, रासायनिक मल खरिदमा सम्भावित अनियमितता, मेलम्ची खानेपानी आयोजनाको अवस्था तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबारे सरकारसँग […]

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुगेका छन् । शुक्रबार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते बास बसेका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल (गनेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि रहेका छन् । कोरला सडकका आयोजना प्रमुख तेजस्वी […]

अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग

काठमाडौं । राष्ट्रिय सभामा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले सरकारले संसदलाई छल्दै अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै कडा आलोचना गरेका छन्। उनीहरूले प्रस्तावित विधेयकले विद्यमान कानुनी संरचना कमजोर पार्ने तथा विधिको शासनमा नकारात्मक असर पार्न सक्ने बताएका छन्। शनिबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक […]

 तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रण तथा सुशासनका क्षेत्रमा आवश्यक सुधारलाई तत्काल कार्यान्वयन गर्न नसके नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पुग्ने उच्च जोखिम रहेको बताएका छन्। शनिबार राष्ट्रिय सभामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले नेपाल २०८१ फागुनदेखि […]

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन् । पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ […]

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ […]

सरकारको सय दिन : सबै कार्ययोजना पूरा भएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एकसय दिन पूरा गरेको छ । सरकार गठनसँगै सार्वजनिक गरिएको एकसय बुँदे कार्ययोजना अन्तर्गतका कामहरु सबै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि यही अवधिमा सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन, स्वास्थ्य बीमा, आपत्कालीन सेवा तथा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम अघि […]

सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् सेवाग्राहीको घरमा पुराइएको जनाएको छ । सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले सरकार गठन भएको एक सय दिनको अवसरमा आफूले गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै राहदानी र सवारी चालक नागरिकको घरघरमा पुराइएको बताएका छन् । उनले एक […]