देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी […]

शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारको १०० दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको जानकारी दिए । उनका अनुसार १७ बुँदाको […]

सरकारका १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं । सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई सूचीकृत गर्दै बृहत् विकास गर्ने उद्देश्यका साथ प्रक्रिया अगाडि बढाएको छ । वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ तयार पारेको छ । मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत शासकीय […]

जोखिममा परेका बालबालिकालाई सहयोग

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो । नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न […]

विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका […]

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङ। दाङको घोराही उपमहानगरपालिका–९, मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । चट्याङ लागेर दाङकै बंगलाचुली गाउँपालिका–२, मर्पेसका २६ वर्षीया दीपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी दीपक श्रेष्ठले जानकारी दिए । शनिबार (असार २०) साँझ साढे ६ बजे उपचारका क्रममा उनको मृत्यु भएको श्रेष्ठले बताए । […]

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

डोल्पामा जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको यो आयोजना डोल्पा […]

पर्यटनमन्त्री पौडेलको सय दिन : प्रतिबद्धता धेरै, उपलब्धि मिश्रित, चुनौती उस्तै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गठन भएको सय दिन पूरा गरेको छ । सरकारसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले पनि मन्त्रालयको नेतृत्व सम्हालेको सय दिन पुगेको हो । ०८२ चैत १३ गते मन्त्रालय पुगेर कार्यभार सम्हालेका मन्त्री पौडेलले पर्यटनलाई मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार बनाउने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, आरोग्य […]