इरानको युरेनियम नियन्त्रणमा लिन अमेरिकी स्थलसेना पठाउने योजना अन्तिम चरणमा पुगेको खुलासा

काठमाडौं । अमेरिकी सेनाले इरानको उच्च मात्रामा संवर्धित युरेनियम नियन्त्रणमा लिन स्थलसेना परिचालन गर्ने सम्भावित योजना तयार पारेको र त्यसबारे उच्च तहमा गोप्य छलफल भएको खुलासा भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी प्रशासन यस्तो उच्च जोखिमयुक्त सैन्य अभियानलाई स्वीकृति दिन निकै नजिक पुगेको थियो। स्रोतहरूका अनुसार, अमेरिकी संयुक्त सैन्य प्रमुखहरूको समितिका अध्यक्ष […]

बागमतीमा असुल गर्नुपर्ने बेरुजु ४ करोडभन्दा बढी

काठमाडौं । बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर हुँदा बेरुजु रकम बढ्दै गएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार प्रदेश र स्थानीय तह गरी कुल ३८ करोड ३४ लाख ६० हजार रुपैयाँभन्दा बढी रकम असुल गर्नुपर्ने देखिएको छ। प्रदेश सरकारअन्तर्गत मात्र ४ करोड ३९ लाख ८२ हजार रुपैयाँ असुल गर्नुपर्ने बेरुजु देखिएको छ भने १९१ […]

बाली लगाउनुअघि नै समर्थन मूल्य निर्धारण हुने ,चैते धान, वर्षे धान र उखुको मूल्य निर्धारण

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि नयाँ निर्देशिका जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको जनाएको छ। मन्त्रालयका अनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी […]

कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए

कैलाली । कैलालीको विभिन्न वन क्षेत्रमा गरिएको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार ४७ वटा कच्ची तथा पक्की संरचना भत्काइएको छ । करिब ३५ हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काइएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए । उनका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जिवक्ष यादवको नेतृत्वमा खटिएको […]

बाँदर आतंकका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ। बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन्। बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतंक बढेको हो। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने खेती गर्न थालेका हुन्। किसानले खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती गर्न थालेका छन्। जिल्लाको काठेखोला गाउँपालिका–८ का किसान प्रेमप्रसाद कँडेलले मकै पाउन […]

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६८ जनालाई […]

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा

झापा । नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । बैठकमा संयुक्त टोलीले […]

सेफ सन्तोष साह पक्राउ

काठमाडौं । सेफ सन्तोष साह ठगी सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गएराति सन्तोष साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउपछि दुवैलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। शकुन्तला अधिकारी (थापा)को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि […]

विश्वकप फुटबल – अग्रता जोगाउन नसक्दा क्यानडासँग बोस्निया बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सकिएको छ । सहआयोजक समेत रहेको क्यानडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग एक÷एक गोलको बराबरी खेलेको हो । खेलको २१औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई अग्रता दिलाएका थिए । तर, बोस्निया एन्ड हर्जगोभिनाले अग्रता […]

इप्पानको नयाँ कार्यसमिति चयन, मोहन डाँगी स्वतः अध्यक्ष चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । संस्थाको २४ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो । इप्पानको विधानमा भएको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत भएका छन् । त्यस्तै ७ […]