ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा

काठमाडौं । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन्। यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए। वाशिङ्गटनमा आँधीका कारण भीडलाई केही समयका लागि खाली गर्नुपरेकोले केही घण्टा ढिलो भएको सम्बोधनमा ट्रम्पले भने, “मेरो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिका […]

नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौं ।  आउँदो  भाद्र ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो। आज  असार २१ […]

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयलाई पनि सहज हुने बताए। […]

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम

काठमाडौं । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल १३ अर्ब ७६ करोड रुपैयाँ मध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आयोजना गरेको पत्रकार सम्मेलनमा विगतका वर्षमा उखु […]

सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ । आइतबार राजधानीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी बालेन सरकारको कदमले निम्न वर्ग पूरै निराश बनेको समेत दाबी गरेको छ । पार्टी अध्यक्ष सन्तोस परियारले सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार तथा जनजीविकाका सवालमा […]

सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले आफ्नो १०० दिने कार्यकालमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन् । उनले भने, ‘वर्तमान सरकारले १०० दिनमा […]

नार्कका दुई कर्मचारी सेवाबाट हटाइए

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित (बेपत्ता) रहेका कर्मचारीमाथि कारबाही सुरु गरेकी छन्। सुशासन, जवाफदेहिता र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै मन्त्री चौधरीले पहिलो चरणमा नार्कका दुई कर्मचारीलाई सेवाबाट हटाइएको जानकारी दिएकी छन्। उनका अनुसार दरबन्दी मात्र ओगटेर कार्यालयमा उपस्थित […]

देशभर २४.९ प्रतिशत धान रोपाइँ सकियो, वर्षा बाधक

काठमाडौं ।  देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार […]

मौद्रिक नीतिमा ब्याजदरभन्दा लगानीको वातावरण र पूँजी परिचालनलाई जोड दिनुपर्छः अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिलाई सुझाव दिदै अर्थतन्त्रको वर्तमान चुनौती ब्याजदर मात्र नभई लगानीको माग र पुँजी परिचालन रहेकोले त्यसलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउनु पर्ने सुझाव दिएको छ । सिंहदरबारमा आयोजित अर्थ समितिको बैठकमा महासंघको सुझाव पेश गर्दै महासंघका […]

Bosch Home Nepal Appoints Asmi Shrestha as Brand Ambassador

Kathmandu, Ashar,21 : Bosch Home Appliances has announced the appointment of Asmi Shrestha as its brand ambassador for Nepal. Asmi Shrestha is a renowned Nepali model, entrepreneur, and public personality, best known for winning the title of Miss Nepal World 2016 and representing Nepal at Miss World 2016. Beyond her successful career in fashion and […]