कतारका अमिर आज अपराह्न आउँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा  उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ् परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्ने छन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । […]

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । […]

गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता […]

महालक्ष्मी विकास बैंकको महिला सशक्तीकरण अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीलक्षित सशक्तीकरण अभियान सुरुवात गरेको छ । बैंकले सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीका माध्यमबाट महिला सशक्तीकरण गर्ने अभियानको सुरुवात गरेको हो । यसै सन्दर्भमा महिला उद्यमीलाई इभीको साँचो हस्तान्तरण गरिएको बैंकले जनाएको छ । पर्यावरणमैत्री यातायातको बढ्दो माग र आवश्यकतालाई सम्बोधन बैंकले हरित कर्जाअन्तर्गत यस्तो अभियान विस्तार गर्ने जनाएको छ ।

कैलाली भन्सारबाट नौ महिनामा पाँच अर्ब राजस्व संकलन

अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु. पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयले चालू आव ०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो। कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु. दुई अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. दुई अर्ब ३३ करोड एक लाख, […]

नेपालका २१ मध्ये केही हिमताल उच्च जोखिममा

काठमाडौं । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे। वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो स्थान पाए । केही अनलाइन समाचार पोर्टल […]

७ प्रतिशतले बढ्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं ।   विदेशी लगानी प्रतिबद्धतामा सात प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको नौ महिना ९साउन–चैत०मा मुलुकमा आउने प्रत्यक्ष विदेशी लगानी एक अर्ब ९८ करोड ७६ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकामा यस वर्ष चैतसम्म ३० अर्ब नौ करोड ९५ लाख रुपैयाँ […]

रुपन्देहीमा १७ सय साना तथा घरेलु उद्योग दर्ता

काठमाडौं ।  रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार उद्योगतर्फ छ सय ७९ र वाणिज्य फर्मतर्फ एक हजार ९६ उद्योगहरू दर्ता भएका हुन् । यस्तै, उद्योगतर्फ एक हजार पाँच सय ८४ र वाणिज्यतर्फ चार गरी जम्मा एक हजार पाँच […]

३४ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताको लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले यस आर्थिक वर्षको नौ महिनामा गतवर्षको सोही अवधिको तुलनामा कम लाभांश लगेका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर वैदेशिक लगानीका उद्योग व्यवसायमा पनि परेको र त्यसको परिणाम लाभांश वितरणमा परेको देखिन्छ । उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले लैजाने लाभांश चालू आर्थिक वर्षको नौ महिनामा ३४ दशमलव ३० प्रतिशतले कमी आएको छ । गत […]

हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै

काठमाडौं । मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ । आइतबार बिहान ठूलो हिमपहिरो तालमा खसेपछि तालको पानी ‘ओभरफ्लो’ भएर असन्तुलित बनेको थियो । “हिम पहिरोबाट तालको पानी बाहिर निस्किएर बुढीगण्डकी नदीमा मिसिएको अवस्था थियो”, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने,“अहिले […]