४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरण नगर्न विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ […]

सुरक्षण मुद्रण केन्द्रः २ महिनामा ९ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ उक्त केन्द्रबाट सुरु […]

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन […]

सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १ लाख ४३ हजारले पाए सेयर

काठमाडौं ।  सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बैंकले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो । बैंकको आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये […]

२१ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । शुक्रबा नेपाली बजारमा सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेक छ । बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ थियो । यस दिन चाँदी भने ५५ रुपैयाँले घटेको छ । बजारमा चाँदी […]

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ । जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो । कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको छ । गण्डकी […]

१५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौं ।निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको […]

औद्योगिक कर्जा वितरण करिब १७ खर्ब पुग्यो, सबैभन्दा बढी बाग्मती प्रदेशमा वितरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले औद्योगिक कर्जा वितरण करिब १७ खर्ब पुगेको जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय औद्योगिक कर्जाको वृद्धिदर ११.९५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको […]

प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए । समितिले उक्त छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की […]

भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त

काराकास ।भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गिलले अमेरिकी गतिविधिले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घनको साथसाथै संयुक्त राज्य अमेरिकाको अराजक कार्यको चीनले कडा निन्दा गरेको बताएका छन् । […]