टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमाडौँले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा मंगलबार बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो । ‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ […]

बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ६३ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

राधी विद्युतले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राधी विद्युत कम्पनीले कुल १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

तारे होटलमा सिस्नुको माग बढ्यो, किसानले थाले व्यवसायिक खेती

काठमाडाैं। संघीय राजधानीमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि तेह्रथुमका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन्। लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो। वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ। सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले […]

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा १३.५३ गुणा बढीको आवेदन

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि निष्काशन गरेको आईपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमा नै १३.५३ गुणा आवेदन परेको हो। सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड अनुसार बुधबार बिान १०ः२४ बजेसम्म १ अर्ब ४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा […]

आज प्रतिनिधि सभा बैठक: महत्त्वपूर्ण विधेयक र प्रतिवेदन प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रमुख कार्यसूची महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन: महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्नेछन्। […]

आज सरकारी खर्च भुक्तानीको अन्तिम दिन, आजबाट चेक काट्न बन्द

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सरकारी निकायलाई मनाही गरेका कारण आज बुधबार सरकारी खर्च भुक्तानीको अन्तिम दिन रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन हुँदा अत्यावश्यकबाहेकका खर्चको भुक्तानी बुधबार सम्म दिइसक्नुपर्ने महालेखाले जनाएको छ। महालेखा कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणका अनुसार सरकारले मंगलबारसम्म ७८.८४ […]

यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दैछ, जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ। यस विशेष उत्सवको एक भागस्वरूप, […]

अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी गुड्ने, विशेष र लक्जरी ट्याक्सीको भाडा साधारणको भन्दा महँगो हुने

काठमाडौं । अबदेखि नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालनमा आउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक ट्याक्सी व्यवस्थापनलाई व्यवस्थित र स्तरीकृत बनाउन ‘राष्ट्रिय मापदण्ड, २०८१’ जारी गर्दै ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन श्रेणीमा वर्गीकरण गरेको हो। यातायात व्यवस्था विभागका अनुसार, सवारीको आकार, इन्जिन वा मोटर क्षमतादेखि लिएर यात्रु […]

बाढी र पहिरोको कारण मुलुकभर १० राजमार्ग पुर्ण रुपमा अबरुद्द

काठमाडौं । मुलुकभरका १४ राजमार्ग मध्ये १४ राजमार्गमा १० राजमार्गमा पुर्ण रुपमा अवरोध भएको भएका छन् भने चार राजमार्ग एकतर्फीरुपमा सचारू भएक छन् । कोशी राजमार्गको संखुवासभाको भोटखोला गाउपालिका ४ बरुणमा  पुर्ण रुपमा अबरुद् भएको छ ।  मेची राजमार्गको फिदिम नगरपालिका ४ र ऐ हिलिहाँङ गाउपालिकाकको ७ को संगमस्थल हेवा खोला सडक पुर्ण रुपमा अवरुद्द […]