एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं। एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबार ९मंसिर २२०बाट नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को […]

सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ ३८६.४८ रुपैयाँ कायम भएको छ ।

खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप […]

पुस ३ देखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै, यस्ता छन् आकर्षण

काठमाडौं । आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ। रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा बुटवलमा प्रदर्शनी हुन लागेको हो। आयोजकका अनुसार १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ को नारा “संमृद्ध नेपाल निर्माणको आधार, […]

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुनेगरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकिएको छ । यो नयाँ निर्णयसँगै नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षमा लागत मूल्य नपाउँदा ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भएपछि किसानलाई नाफा हुनेगरी मूल्य उपलब्ध गराइएको हो । देशभरका पोल्ट्री […]

३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । बजार २६०६.६७ अंकमा पुगेर बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५०, अंकले, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स  ०.३४ अंकले  घटेको छ। ३३१ वटा कम्पनी ८३ हजार २७३ पटक कारोबार हुँदा १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । […]

हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति ३ वर्षमै बेच्नुपर्ने व्यवस्थामा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । कर्जा असुलीको क्रममा बैंक तथा वित्तीय संस्थाहरूले लिलाम गरी आफ्नै नाममा दर्ता गरेका गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानूनी प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासले २०८२ मंसिर १० गते बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) लगायतले नेपाल सरकार र […]

सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाईंसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिवालय गाउँपालिकाअन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको बैंक खातामा रहेको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर […]

एनसेल कार्यालय अवलोकन गर्न पुगे सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेका छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त […]

‘कार्यालय बन्द हुँदा पनि लाइसेन्सको जरिवाना तिर्नु परेको छ’

चितवन। भरतपुर महानगर २ का आनन्द राउत पटक-पटक कार्यालय जाँदा पनि सवारी चालक अनुमति पत्र र सवारीको कर तिर्न पाएनन्। जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा यातायात कार्यालय क्षतिग्रस्त भएको थियो। आगलागीका कारण कार्यालयमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो। भदौ २४ गतेबाट बन्द भएको यातायात कार्यालयको सेवा असोज २२ गतेबाट आंशिक सञ्चालनमा आएको थियो। चालक […]