सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो ।सांग्रिला डेभलपमेन्ट बैंकको […]

हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने

काठमाडौं । नेपाल जन–प्रशासन संघ र साल्ट्र ट्रेडिङ कर्पोरेशनले प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधान गरिने भएको छ । साल्ट ट्रेडिङले मंगलबार पत्रकार सम्मेलन मार्फत हेमबहादुर मल्ल सम्मान २०८० श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरेको हो । दुई लाख रुपैयाँ नगद धनराशी रहेको यस सम्मान बिहीबार श्रेष्ठलाई प्रदान गरिने छ । […]

आज पनि रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वपाबाट धारणा राखेकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा स्पेनको […]

बैंकको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी साढे ६ खर्ब बढी

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी पौने १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । चालु आर्थिक वर्षको जेठसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ […]

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गर्नेलाई सम्मान

इलाम । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो । साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका […]

अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भने, “प्राकृतिक […]

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराए । न्याय परिष्दको सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका […]

व्यापार घाटा झन्डै १४ खर्ब

काठमाडौं । चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा झन्डै रु. १४ खर्बबराबर पुगेको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु. १३ खर्ब ९७ अर्ब २३ करोडबराबर पुगेको छ । कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु. १६ […]

विपद् प्रभावितलाई तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

काठमाडौं । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे । सांसद […]

आज पनि घट्यो शेयर बजार,२६८३ मा नेप्से झर्दा करिब २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ, यो सँगै अघिल्लो आइतबार देखि बढेको शेयर बजार सोमबार र मंगलबार घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले बढेर ४५९.७० विन्दुमा पुगेर बन्द भएको छ […]