प्रधानमन्त्रीसहितको टोली रसुवाको बाढीग्रस्त क्षेत्रमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढी पहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ। सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेका हुन् । बालुवाटार स्रोतका अनुसार दुई वटा हेलिकोप्टरबाट क्षतिग्रस्त बाढीग्रस्त क्षेत्रमा गई […]

करिब साढे १ करोड रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । स्रोत नखुलेको करिब साढे १ करोड रुपैयाँ सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन पक्राउ परेका हुन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ […]

मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी र राहत–उद्धारमा जिम्मेवार हुन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्पनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको बताए । नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा […]

११ महिनामा २१३ खर्ब बढी तरलता प्रशोचन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.२,७ खर्ब ८४ अर्ब ८० […]

११ महिनामा निजी क्षेत्रमा ४ खर्ब ७ अर्ब कर्जा प्रवाह

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा कर्जा प्रवाह ८ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । चालु आर्थिक वर्ष (आव)को ११ महिनामा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४ खर्ब ७ अर्ब […]

१३ प्रतिशतले घट्यो कच्चा पेट्रोलियमको मूल्य

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य १३ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य ७१.२९ अमेरिकी डलर रहेको छ । केन्द्रीय बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ जेठ मसान्तमा प्रति ब्यारल […]

विदेशी विनिमय सञ्चिति साढे २५ खर्ब बढी पुग्यो

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे २५ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ । २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० […]

चालु खाता ३०७ अर्ब भन्दा बढीले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता रु.३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२ खर्ब अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ […]

प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, उद्धारमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् । उनले यसमा सबैको सहयोगको अपेक्षा गरेका छन् । ‘यस दुःखद […]

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे १५ खर्ब विप्रेषण (रेमिटेन्स ) भित्रिएको बताएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई रु.१५ […]