व्यवसायीहरूसँग काेशीका मुख्यमन्त्रीको आग्रह- ‘पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुस’

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरेका छन् । ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताएका हुन् […]

काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको प्रमुख प्रविधि तथा व्यापारिक केन्द्र शेन्जेनबीच सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले सोमबार जारी गरेको जानकारीअनुसार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनको बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा नियमित उडान सञ्चालन गरिनेछ। नयाँ गन्तव्य थपिएसँगै कम्पनीले […]

वैदेशिक रोजगारीका नाममा करोडबढी ठगेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुुसरा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० […]

बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा

बागलुङ। बागलुङको जैमिनी नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि नगरपालिकालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक समारोहकाबीच बालमैत्री नगर घोषणा गरे । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको थियो । यस अगाडि जिल्लाको बागलुङ नगरपालिका […]

साढे ४अर्ब भन्दा बढी बचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरीदिनका लागि छ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो । सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि […]

बालबालिकासँग हुँदा फोन प्रयोग सीमित गर्न स्विडेनको स्वास्थ्य एजेन्सीको आग्रह

काठमाडौं । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले आमाबाबुको मोबाइल प्रयोगले बालबालिकाको व्यवहार, बानी र पारिवारिक अन्तरक्रियामा असर पार्न सक्ने निष्कर्ष सार्वजनिक गर्दै बालबालिकासँग समय बिताउँदा फोन प्रयोग सीमित गर्न आग्रह गरेको छ। नयाँ सिफारिसमार्फत एजेन्सीले आमाबाबुलाई बच्चासँग हुँदा सकेसम्म फोन टाढा राख्न र अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न सुझाव दिएको हो। स्विडेनको जनस्वास्थ्य एजेन्सीले सोमबार जारी […]

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं ।  विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा १ लाख धरौटी माग्ने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि महरासँग १ लाख धरौटी माग्ने आदेश दिएको हो । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  महरासहित भन्सार अधिकृतहरूसित ७ करोड […]

सिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा

काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र भबिष्यमा फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । यसका लागि एपीआई बैंकिङ प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ । सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ […]

इजरायलको उच्च प्रविधि क्षेत्रको २०२५ मा ८.२% वृद्धि: निर्यात, लगानी र चुनौतीहरुको विश्लेषण

काठमाडौं । इजरायलको उच्च प्रविधि (हाई–टेक) क्षेत्रले सन् २०२५ मा ८.२ प्रतिशतको वृद्धि हासिल गरेको एक नयाँ वार्षिक प्रतिवेदनले देखाएको छ । इजरायल इनोभेसन अथोरिटीद्वारा आइतबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बढ्दो संरचनागत चुनौतीका बाबजुद पनि यो क्षेत्र देशको अर्थतन्त्रको प्रमुख चालकका रूपमा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, गत वर्ष पनि हाई–टेक क्षेत्र ८.२ प्रतिशतले विस्तार […]

अर्थमन्त्री वाग्ले: ‘आगामी वर्ष अर्थतन्त्र ७४ खर्ब पुग्ने प्रक्षेपण गरिएको छ’

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । उनले प्रक्षेपित कुल […]