टेलिकमले थ्रीजी सेवा बन्द गरि फोरजी सेवामा रूपान्तरण गर्ने
काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । टेलिकमले थ्रीजी सिम प्रयोग गरिरहनु भएका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ । सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्ने जनाएको छ […]

