भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना रहेको बताएका छन् । उनले प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका हुन् । विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार पुटिनले भारतसँगको सहकार्य सप्लाइ व्यवस्थापनमा मात्र सीमित नरहेको बताए । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग […]

बाढीमा हराएकाको जीवन खोज्दै सुरक्षाकर्मी : ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’

काठमाडौं । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’—नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका बीच पनि बिर्सिएनन्। आफ्नो ज्यानको जोखिम मोलेर उनीसहितको टोली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिइरह्यो। गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी […]

नेपाली काँग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि, तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशन प्राकृतिक प्रकोपका कारण दुई दिन ढिला गरी आगामी असोज १८ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ। निरन्तरको वर्षा र प्राकृतिक विपत्तिका कारण असोज १६ गतेका लागि निर्धारित उद्घाटन कार्यक्रम असोज १८ गतेका लागि सारिएको जानकारी दिइएको हो। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेका छन् […]

पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित लगानी र विकासका लागि कानुन सुधारसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पूर्वाधार विकाससम्बन्धी कानुनी प्रक्रिया सरल, स्पष्ट र पारदर्शी […]

करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो

काठमाडौं । वित्तीय स्वास्थ्य र सञ्चालन क्षमतामा उल्लेख्य सुधार गर्दै आएको यती एयरलाइन्सले सर्वसाधारणका लागि २ अर्ब १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। इन्फोमेरिक्स साख मूल्यांकन नेपालको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षहरूको तुलनामा व्यावसायिक विस्तार गर्दै कम्पनीले ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेसँगै बैंक […]

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ९८ सेक्टरमा ३ हजार ५०६ प्रहरी र १६६ मोबाइल टोली परिचालन गरिने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताए। उनका अनुसार परिचालन हुनेमध्ये अधिकांश प्रहरी […]

कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सडक सुरक्षा प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका, इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ । कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद […]

नेपालमा पहिलोपटक ई–कमर्समा एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार हुने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक ई–कमर्समार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यवसायीले अब एप्पल पे र गुगल पेमार्फत भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी लिन सक्ने भएका छन्। बैंकका अनुसार यो सुविधा साइबरसोर्स पेमेन्ट गेटवेमार्फत उपलब्ध गराइएको हो। साइबरसोर्सले एप्पल […]

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

काठमाडौं । तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ । उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले सवारीसाधनमार्फत सदरमुकाम ल्याउन सहज भएको छ । वर्षायाम सुरु भएसँगै असारको दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा पाण्डुसैनलगायत माथिल्लो […]

सरकारी संरचना अनिवार्य बिमा गर्नुपर्ने

काठमाडौं । सांसदहरूले जलवायु प्रकोपका कारण नेपालमा पटक–पटक ठूलो क्षति पुगेको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बिमा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले विभिन्न समयमा आएको बाढीपहिरोलगायत विपद्का घटनाका कारण ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक संरचनामा क्षति भएको उल्लेख गर्दै सरकारी संरचनाको अनिवार्य बिमा गर्न माग […]