अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा-लौकही

भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ । निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार दैनिक […]

संसद्‌मा नयाँ भवन ऐन दर्ता: गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न सङ्घीय सरकारबाट रु ५० हजार र प्रदेश सरकारबाट रु २५ हजार गरी कुल रु ७५ हजारसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको छ । भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र […]

कम स्पिडका सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने आइस्पानको निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले आगामी सोमबारदेखि कम स्पिडका सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ हुने जनाएको छ । ISPAN ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला वर्षहरूमा मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यमा भएको वृद्धि, उच्च मुद्रास्फीति तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक तथा […]

नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । विकास हाइड्रोपावर र सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै कम्पनीको मूल्य समायोजन गरेको हो । विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो । त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस […]

सुनको मूल्य घट्ने क्रम जारी, हप्ता दिनमा ३८ सयले सस्तीयो

काठमाडौं । पछिल्लो एक साताकोमा सुनको मूल्य घटेको छ । यो एक साताको अवधिमा सुनको मूल्य तोलाको ३ हजार ८०० रुपैयाँले सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज ९ गते शुक्रबार नेपाली बजारमा २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य असोज १६ गते शुक्रबारसम्म आइपुग्दा तोलामा ३ हजार ८०० […]

साताको सेयर : नेप्सेमा साढे १ प्रतिशतको गिरावट, औषत कारोबार कति ?

काठमाडौं । यो साता पनि सेयर बजार घटेर नै कारोबार भएको छ । गत साता पनि घटेको बजार यो साता पनि घटेर नै बन्द भएको हो । यो साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । गत साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६२ प्रतिशत अर्थात ४२.५६ अंक घटेर […]

कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

म्याग्दी । गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटको परीक्षण उत्पादन सुरु गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेको वर्षापछि बाढी आएर क्षति पुगेको […]

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो […]

डलर, पाउण्ड र युरोको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा नै रहेको थियो । […]

विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७ औँ बैठकमा विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रबाट विपद् व्यवस्थापन कार्यमा गरेको सहयोग र यस कार्यबाट प्राप्त उपलब्धीको सह्राना गरिएको प्रति चेम्बरले साधुवाद व्यक्त गरेको छ। नेपाल चेम्बर अफ कमर्ससहित निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङले […]