नेप्सेसँगै घट्यो कारोबार रकम,पौने ६ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेर बन्द भएको छ […]

नेपालको उद्योग क्षेत्रमा साढे ६० अर्ब बढीको लगानी प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशी लगानी प्रतिबद्धतास्वरूप ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका हुन् । ११ महिनाको […]

विराटनगर महानगरको बजेट ४ अर्ब ४० करोड

काठमाडौं ।  विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८२ /८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ […]

कांग्रेसको आग्रह :-सरकारलाई शंकाको सुविधा त दिनुस् !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार संसद बैठकमा बोल्दै यो समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह गरे । गृहमन्त्री रमेश लेखक इतिहास निर्माण गरेको स्वच्छ चरित्रको व्यक्ति भन्दै उनले प्रशंसा गरेका थिए । […]

विदेशस्थित दूतावासमा फोन नउठे अब सिधै नेपालको कल सेन्टरमा फरवार्ड हुने‍

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए । मंगलबार संसदमा आफ्नो मन्त्रालयमा […]

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले […]

ऊर्जामन्त्री खड्का चीन प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन् । साङ्घाई को–अपरेसन अर्गनाइजेसन (एससिओ) ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले […]

स्वर्णीम वाग्लेको प्रश्न : शंकरदास वैरागी अहिलेका नेताहरुबाट निगाहाप्राप्त स्वार्थप्रेरित व्यक्ति भएपछि कसको छानबिन गर्ने ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अध्ययन र छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले वाग्लेले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफैं अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र भएको टिप्पणी गरे। समितिका संयोजक शंकरदास वैरागी १० वर्षदेखि […]

भिजिट भिसा प्रकरण :सरकारले गठन गरेको उच्चस्तरीय समितिका यी हुन् ९ कार्यादेश

काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ। गृहमन्त्रालयले भने भिजिट भिसा प्रकरणबारे छानबिन गर्न निर्माण गरिएको उच्चस्तरीय समितिको कार्यादेशसमेत तोकिदिएको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले ९ वटा कार्यदेशसहित छानबिन समिति गठन भएको जानकारी दिएका हुन्। ‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि […]