अन्नपूर्ण आधार शिविरबाट फर्कन थाले पर्यटक

म्याग्दी । वर्षा र हिमपात रोकिएपछि अन्नपूर्ण आधार शिविर क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् । सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन् । अन्नपूर्ण आधार शिविर घुम्न जानुभएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ […]

किन आन्दोलन स्थगित गर्ने तयारीमा लागे नेप्से कर्मचारी ?

काठमाडौं । आफूले पाउने बोनसको असन्तुष्टिमा आन्दोलनरत नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरूले आन्दोलन स्थगित गर्ने भएका छन्। आफूहरूले पाउने बोनसको विषयमा असन्तुष्टि जनाउँदै केही दिनदेखि आन्दोलनमा रहेका नेप्से कर्मचारीहरूले भोलि (बिहीबार)देखि आन्दोलन स्थगित गर्ने तयारी गरेका हुन्। श्रम अदालतले नेप्सेलाई वार्षिक नाफाको ५ प्रतिशत रकम कर्मचारी बोनसका रूपमा छुट्याउन निर्देशन दिएपछि व्यवस्थापनले उक्त निर्णय अस्वीकार […]

श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो। आईपीओमा कुल १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए । आइपीओमा २ अर्ब १७ करोड २ […]

सत्ता पलटपछि श्रीलंकाको सेयर बजार बुलिस रनमा, बंगलादेशको मार्केटमा भने छैन चमक, नेपालको के होला ?

काठमाडौं । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन । […]

कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै

मुस्ताङ ।  थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौँ संस्करण छायाङ्कन चलरहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ । यसअघि लगातार कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ । यहाँ थकाली […]

‘देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधान गर्न वामशक्तिबीच ध्रुवीकरण आवश्यक छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक सङ्कटको समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेकामा जोड दिए । कम्युनिष्ट पार्टीमा विकृति र विसङ्गति फैलिएकाले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै उनले सिद्धान्तमा […]

डिशहोम र ‘डल्ले’ बीचको साझेदारीः अब भर्चुअल प्रिभिलेज कार्डमार्फत डल्लेका काठमाडौंका आउटलेटमा विशेष छुट

काठमाडौं । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने सम्झौता गरेको हाे । विशेष सुविधा: यस […]

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका ६ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक […]

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

काठमाडौं ।  सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन मागमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले नेपाल र मौरिसेसबीच भएको दोहोरो कर मुक्ति सम्झौता […]

शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ’

नयाँदिल्ली । बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् । उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको […]