४६ अर्ब लगानीमा भेरीमा २७० मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबीचमा रहेको भेरी नदीमा २७० मेगावाटको अर्धजलाशयुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । चिनियाँ गेजुवा कम्पनीले जाजरकोट जिल्लाको नलगाढ नगरपालिका–१०, ११,१२, १३ र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४, ५ र ६ मा २७० मेगावाटको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । उक्त आयोजनाको वातावरणीय प्रभाव […]

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको […]

बैंकिङ कसूर मुद्दामा फरार बिष्ट पुतलीसडकबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका कञ्चनपुर भीमदत्त नगरपालिका–१ निवासी ३९ वर्षीय रामबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन, ललितपुरले २०७८ कात्तिक १४ गतेको फैसलामा उनलाई २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको थियो । सो फैसलापछि फरार रहेका बिष्टलाई काठमाडौँ उपत्यका अपराध […]

ट्रेड टावरको आईपीओ असार १ गते बाँडफाँड हुने

काठमाडौं । ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड असार १ गते आइतबार हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार उक्त दिन बिहान ९ बजे आईपीओ बाँडफाँड गरिनेछ । कम्पनीले जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गरेको थियो । सो आईपीओमा […]

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

सरकारको खातामा ३ खर्ब ६१ अर्ब नगद मौज्दात

काठमाडौं । सरकारको खातामा करिब ३ खर्ब ६१ अर्ब नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ । राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको हो। २०८१ असार मसान्तमा ती खातामा […]

बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झर्यो

काठमाडौं । वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १०७ मा झरेको छ। वि.स २०८१ असार मसान्तदेखि नै बैंक तथा वित्तीय संस्थाको संख्या सोही रहेको थियो । राष्ट्र बैंकका अनुसार तीमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। […]

गोर्खाज फाइनान्सको सञ्चालकमा राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले राईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।

अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ३५ लाख भन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार संस्थापक शेयरधनी, संस्थाका कर्मचारी र स्थानीय बासिन्दासँग रहेको ३५ लाख ३० हजार कित्ता शेयरको लकइन अवधि असार ३१ गते सकिदै छ । संस्थापक शेयर ३० लाख, संस्थाका कर्मचारीको शेयर ३० हजार र स्थानीय बासिन्दको ५ लाख […]

 मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने, मध्यम वर्षा हुने

काठमाडौं । हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । […]