“बजेट निजी क्षेत्रमैत्री र सकारात्मक छ” – पूर्वमुख्य सचिव डा. अर्याल
काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा बजेटमाथि टिप्पणी गर्दै उनले सरकारले वार्षिक बजेटमै निजी क्षेत्रलाई सम्वाहकका रुपमा उल्लेख गरेको बताए । […]

