राजस्व बाँडफाँटबारे आयोग र गाउँपालिकाबीच छलफलः अनुदान थप समन्यायिक बनाउन आग्रह

शिवपुरी । संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको आधार स्पष्ट भए पनि कानुनी र व्यवहारगत रूपमा स्थानीय तहले पाउनुपर्नेभन्दा कम अनुदान प्राप्त हुने अवस्था रहेकामा चिन्ता व्यक्त गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहकार्यमा नुवाकोटको शिवपुरी गाउँपालिकाले मङ्गलबार गाउँपालिकाको कार्यालय शेराबगरमा आयोजना गरेको अन्तक्र्रियामा मुलुकको राजस्व बाँडफाँट, विद्यमान अनुदान […]

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् । आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ […]

ट्रम्प: युद्ध अन्त्य गर्न सम्झौता आवश्यक छैन, इरानले ‘धेरै वर्षसम्म’ आणविक हतियार प्राप्त गर्न सक्दैन

काठमाडौं । डोनल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्यतर्फ जाने संकेत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग कुनै औपचारिक सम्झौता नगरे पनि दुईदेखि तीन हप्ताभित्र युद्ध सकिन सक्ने बताएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न असमर्थ बनाइएपछि अमेरिका युद्धबाट बाहिरिने बताए । “इरानसँग सम्झौता आवश्यक छैन, जब […]

याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं ।   याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि […]

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंकारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, हालको यातायात कार्यालय नजिक, इन्द्रनगर र साबिक अञ्चल प्रहरी कार्यालय गरी ६ स्थानमा डिपबोरिङ निर्माण गर्नुपर्ने थियो । योजनाअनुसार पानी आएन । एउटा बोरिङबाट १० लिटर प्रतिसेकेन्ड पानी […]

चारपटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । चारपटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा यतिमै टुंगिएको हो । यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन । खेलमा पिओ एस्पोसिटोले पेनाल्टी बाहिर प्रहार गरे भने ब्रायन क्रिस्टान्तेको प्रहार क्रसबारमा लागेर फर्कियो […]

सोपान फर्मास्युटिकल्सले वैशाख २ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको […]

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

काठमाडौं । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी ५ लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा ४२ लाख भेटी सङ्कलन भएको थियो । गण्डकी प्रदेशको प्रमुख सक्तिपिठ मध्येको एक ऐतिहासिक […]

मुगुमा ४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का केन्द्रविन्दुका आसपासका क्षेत्रहरूमा पनि महसूस गरिएको छ। भूकम्पबाट हालसम्म क्षति भए नभएको विवरण भने प्राप्त भैसकेको छैन ।

पञ्जाब किङ्सको विजयी सुरुआत

काठमाडौं । गत संस्करणको उपविजेता पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो । गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा डेब्यु खेल खेलेका कोनोलीले शानदार अविजित अर्धशतक प्रहार गरेपछि पञ्जाबले १९.१ […]