आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको देखेमा […]

क्षतीग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएका थिए । कामना सेवाको ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष […]

झापामा कर्फ्यु जारीः घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यू जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गरेका छन् । उनले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका छन् । जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक […]

जेनजी आन्दोलन: लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना व्यक्त गरिएको छ। महासंघले […]

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने– विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जनाएका छन् । शुक्रबार (भदौ २७) संयुक्त वक्तव्य जारी गर्दैै उनीहरूले संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । हाल विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति […]

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आज भदौ २७ गतेसम्म मृतकको संख्या ५१ पुगेको हो । प्रदर्शन सुरु भएको दिन भदौ २३ गते १९ जनाको मृत्यु भएको थियो । हालसम्म १ हजार बढी घाइतेहरू अस्पतालमा उपचाररत छन् । केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने […]

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कफ्र्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ । यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् […]

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको जेल सजाय सुनाएको छ । सजायले ७० वर्षीय अति–दक्षिणपन्थी नेतालाई बाँकी जीवन जेलमै बिताउने सम्भावना बढाएको छ । पाँच न्यायाधीशमध्ये चार जनाले उहाँलाई दोषी ठहर गरेका थिए । उनीमाथि सन् २०२२ को चुनावमा पराजयपछि तत्कालीन राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्यूत गर्ने षड्यन्त्र गरेको आरोप […]

जेनजी आन्दोलनमा मृतकप्रति ट्रक महासंघको श्रद्धाञ्जली, यातायात सञ्चालनमा ल्याउन अपील

काठमाडौं । जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ। महासंघका महासचिव राजेन्द्र बानियाँले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण संवाद र सहकार्यमार्फत समस्या समाधान गरी बन्द अवस्थामा पुगेको यातायात क्षेत्रमा फेरि जीवन भर्नुपर्ने आग्रह गरिएको छ। महासंघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको […]

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनसुार शुक्रबार छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । […]