कैलालीमा अत्यधिक गर्मी: पठनपाठन प्रभावित

कैलाली । कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो। आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन […]

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल करेन्सीदेखि गभर्नर नियुक्तिसम्म व्यापक सुधार प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ । अर्थ मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकमा केन्द्रीय बैङ्कको भूमिका, संरचना, नियामकीय अधिकार, डिजिटल वित्तीय प्रणाली तथा वित्तीय स्थायित्वसँग सम्बन्धित विषयमा व्यापक संशोधन प्रस्ताव गरिएको छ […]

लोकसेवामा बढ्दो आर्कषण, २६५ पदका लागि साढे १ लाख बढी आवेदन

काठमाडौं । नेपालको शैक्षिकस्तर सुधार हुदै जाँदा शिक्षित नागरिकहरु सरकारी सेवा प्रतिको आर्कषण समेत बढ्दो रहेको छ । लोकसेवा आयोगका अनुसार सरकारका विभिन्न पदमा आवेदन माग गर्दा पर्याप्त आवेदनहरु पर्ने गरेको छ । आयोगले विभिन्न पदका लागि आवेदन माग गरेकोमा सबैभन्दा बढी नायब सुब्बाका लागि आवेदन परेको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा सङ्घीय […]

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् । यो सँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सद्धारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी /सीपीएफ) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा […]

साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको ९.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तम कारोबार मूल्य ५९३९.९० रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५४२४.५७ कायम भएको छ । सोही भाउलाई आधार मानेर बुधबार कारोबार खुल्नेछ ।

लक्ष्मी सनराईज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेड बीच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक  निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका  अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे। यस […]

नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओ नियुक्ति अन्तिम चरणमा, १४ उम्मेदवारले दिए आवेदन, बुधबारसम्म ६ जना सर्टलिस्ट हुने

काठमाडौं । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीले वैशाख ११ गते सीईओ पदका लागि आवेदन आह्वान गरेको थियो। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ को दफा १३ को उपदफा (२) बमोजिम आवेदन माग गरिएकोमा प्राप्त दरखास्तमध्ये न्यूनतम योग्यता पुगेका १४ जना उम्मेदवारको रहेका छन् […]

एनआईसी एशिया बैंकद्वारा धनुषास्थित श्री दुधमती विद्यालयमा शैक्षिक सामग्री सहयोग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । १३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन […]

विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा

काठमाडौं । विदेशमा रहेका नेपालीहरूको गुनासो, समस्या तथा उद्धारसम्बन्धी सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको उक्त एपको उद्घाटन परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच गरेका हुन्। उक्त एप स्मार्टफोनमा डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले विभिन्न गुनासो, उजुरी र समस्या दर्ता […]