प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षा लागि प्रसारण लाईन विस्तार विकासका लागि १३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत उद्योगलाई प्रसारण लाइन निर्माण देखि लिएर उपत्यकमा भूमिगत विद्युतको विकास , कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि कोहोलपुर , सुर्खेत जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्ष भित्र सम्पन्न गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको बजेट ८६ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ८६ अर्ब रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

जलविद्युत अयाोजना सँगै समाप्त हुने गरी सबस्टेशन र प्रसारण लाइन निर्माण गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् जलविद्युत अयाोजना सँगै समाप्त हुने गरी सबस्टेशन र प्रसारण लाइन निर्माण गरिने बताएको छ । विद्युत उत्पादन र खरिद बीच सन्तुलन हुने गरी विद्युत खरीद सम्झौता नीति कार्यान्वयन गरिने छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट २ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २ अर्ब रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

शिक्षक बैंकको स्थापना गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ । संसद्‍मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो । उक्त कार्यक्रममार्फत् स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने बताइएको छ […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९६ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९६ अर्ब रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लागि स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट

काठमाडौं । सरकारले आागमी आर्थिक वर्षको लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । १० औं राष्ट्रिय खेलकुद सञ्चालन, क्रिकेट स्टेडियमको विकास, महिला खेलाडीलाई प्रोत्साहन लगायतका कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । आगालागी नियन्त्रण देखि जलवायु परिवर्तन संरक्षण, राजमार्ग विस्तामार्ग विस्तारमा सुधार लगायतका कार्यक्रमका लागि उक्त बजेट प्रदान गरिएको बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडडयानलाई १३ अर्ब २८ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयानलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । नागरिक उडडयान प्राधिकरण देखि लिएर, पर्यटनको विकास र संस्कृतिका जगेर्ना तथा अध्ययन अनुसन्धानको लागि उक्त बजेट विनियोजन गरिएको छ ।