यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ […]

पोखरामा आगामी पुस १३ गतेदेखि सडक महोत्सव

कास्की । पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारमा आगामी पुस १३ गतेदेखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) पोखराले इस्वी सम्वत् २०२६को अवसरमा २७औं सडक महोत्सव आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘सडक मै खाउ, सडक मै रमाउँ’ भन्ने नाराका […]

चितवनमाथि सुदूरपश्चिमको सहज जित, पुग्यो पहिलो क्वालिफायरमा

काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ । चितवनलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमल क्वालिफायर वान खेल्ने पक्का गरेको हो । लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का […]

झापामा नरिवलको व्यावसायिक खेती सुरु

झापा । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उनले बताए । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ । जङ्गली […]

लक्जरी एल्युमिनियम ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ

काठमाडौं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘SKYLINE’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट मैतीघरस्थित सेंट जेभियर्स कलेजको अगाडि विधिवत् उद्घाटन गरिएको छ। यस विशेष लॉन्च इभेन्ट ४ डिसेम्बरदेखि ६ डिसेम्बर २०२५ (१८ मंसिरदेखि २० मंसिर २०८२) सम्म निरन्तर रूपमा संचालन हुनेछ। स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा […]

सेयर लगानीकर्ताको ध्यान कमजोर वित्तीय अवस्थाका कम्पनीमा, ‘सेकेन्डरी मार्केट’ मा जबरजस्ती बढाएको मूल्यमा निरन्तरता कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयरमा आकर्षण बढेको छ । खासगरी, हालसालै आइपीओ बिक्री गरेर सूचीकृत भएका कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका छन् । लगानीकर्ताहरुले आधारभूत तथ्यांकभन्दा बढी बजारको हावा, हल्ला, र छोटो समयमै फाइदा कमाउने मनोवृत्तिमा आधारित निर्णय गरिरहेको देखिन्छ । बजारमा कुनै सीमित समूहको आक्रामक खरिदले […]

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

वासिङ्टन  । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शंका राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको हो । धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै […]

‘ठूला करदाताको पूर्ण कर परीक्षण निरन्तर भइरहेको छ’

काठमाडौं । ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने काम अहिले पनि निरन्तर भइरहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभाग अन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतका लागि पूर्ण कर परीक्षण कार्य गर्ने गरी वार्षिक कार्यगत लक्ष्य निर्धारण भइरहेकोमा पूर्ण कर […]

गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुमा निवास निर्माणका लागि शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ निर्माणका लागि बिहीबार शिलान्यास गरेकी छन् । भदौ २४ मा बालकोटस्थित निवास आगजनी र तोडफोड भएको थियो । जेन-जी आन्दोलनका कारण सरकार विस्थापित भएपछि ओली गुन्डु बस्दै आएका छन् ।

नेपालले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएकाे छ। भारतको केन्द्रिय विद्युत प्राधिकरणले मंसिर १६ गते सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्न अनुमति दिएको हो । यससँगै भारततर्फ निर्यात हुँदै आएको कुल विद्युत् मात्रा १२०० मेगावाट पुगेको […]