सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठमाडौं । सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ। सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस कार्यले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। विभागका अनुसार अब सरकारी वेबसाइटहरू […]

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ । गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि […]

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र अवैध आयात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यस निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको हाे ।  पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने कर नतिरेको […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको भन्दै विपक्षीहरुले […]

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब ८० लाखको व्यापार भएको जनाइएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले गत चैत २६ गतेदेखि सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजारभन्दा बढी […]

नेपाल-भारतबीच सम्झौता :निकासी वस्तु आउनु अघि नै जानकारी दिने

काठमाडौं । नेपाल र भारतबीच निकासी गरिने वस्तु आइपुग्नु अगावै सूचना प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार जोखिम विश्लेषण मार्फत भन्सार नियन्त्रण र व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, भन्सारको प्रक्रियामा लाग्ने समय कम गर्दै सुरक्षित अन्तर्राष्ट्रिय व्यापारलाई सुनिश्चित गर्ने, राष्ट्र कानुनले तोकेको सीमा भित्र रही विद्युतीय माध्यमबाट निकासी तथ्याङ्क आदान प्रदान […]

५२.२६ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्व पनि वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैतमा घरजग्गा कारोबार बढेको छ। गत महिना चुनावी माहोलले सुस्ताएको कारोबार चैतमा भने  वृद्धि भएको छ। यस महिना देशभरका मालपोत कार्यालयहरूबाट ५५ हजार ५ सय ३१ वटा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ। यो कारोबार संख्या अघिल्लो महिनाको तुलनामा ५२.२६ प्रतिशतले बढी हो। […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना सुरु गरिएको छ । गणनाका लागि […]

सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ खरिदबिक्री?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोल ३ लाख १३ सय रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी भने ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला […]

तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौं ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने […]