शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याइएको बताएका हुन् ।

वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन मन्त्रालयलाई १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ । आगालागी नियन्त्रण देखि जलवायु परिवर्तन संरक्षण, राजमार्ग विस्तामार्ग विस्तारमा सुधार लगायतका कार्यक्रमका लागि उक्त बजेट प्रदान गरिएको बताइएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडडयानलाई १३ अर्ब २८ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयानलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । नागरिक उडडयान प्राधिकरण देखि लिएर, पर्यटनको विकास र संस्कृतिका जगेर्ना तथा अध्ययन अनुसन्धानको लागि उक्त बजेट विनियोजन गरिएको छ ।

उद्योग वाणिज्य मन्त्रालयाई १० अर्ब १४ करोड बजेट

काठमाडौं । सरकाले आगामी आर्थिक बजेटमार्फत् उद्योग वाणिज्य मन्त्रालयाई १० अर्ब १४ करोड बजेट विनियोजन गरको छ । औद्योगिक तथा वाणिज्य क्षेत्रको विकासको लागि उक्त बजेट प्रदान गरिएको हो । सरकारले बजेटमार्फत् विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रका उद्योगलाई तीन वर्ष भाडा छुट दिने भएको छ । विशेष आर्थिक क्षेत्रको भाडादर मासिक प्रतिवर्गमटिर २० बाट […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट ४ अर्ब २८ करोड

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि सञ्चार मन्त्रालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको बताएका हुन् ।

सञ्चार मन्त्रालयको बजेट पौने ८ अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौने ८ अर्ब बजेट पाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवका लासि सञ्चार मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको बताएका हुन् ।

औद्योगिक पूर्वाधारका लागि १ अर्ब ५ करोड बजेट , उद्योगलाई तीन वर्ष भाडा छुट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रका उद्योगलाई तीन वर्ष भाडा छुट दिने भएको छ । विशेष आर्थिक क्षेत्रको भाडादर मासिक प्रतिवर्गमटिर २० बाट घटाई ५ रुपैयाँ कायम गरिएको छ । औद्योगिक क्षेत्रका उद्योगले ३० प्रतिशत भन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रको सरह सुविधा दिइने । औद्योगिक पूर्वाधारका […]

५ लाख परिवारलाई लालपुर्जा दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन् । यसैगरी भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने पनि बताए ।

दलिताका लागि भगत सर्वजित उद्यमशील कार्यक्रम सञ्चालन गर्ने, ५० करोड बजेट विनियोजन

काठमाडौं । दलितका लागि सरकारले बजेटमार्फत् भगत सर्वजित उद्यमशील कार्यक्रम ल्याएको छ । आधुनिक प्रविधिको प्रयोग गरी सुन चाँदी, कास, ताम पित्तल, फलाम, छाला काठ लगायतका सामग्री उत्पादन बजारीकरण गरिने छ । यसका लागि पुँजीगत अनुदान र सहुलियतपूर्ण कर्जा र सीप विकास तालिमका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

निजगढ विमानस्थल निर्माण गरिने

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै वैकल्पिक वित्तीय कोष मार्फत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताएका हुन् ।