सेयर लगानीकर्ताको ध्यान कमजोर वित्तीय अवस्थाका कम्पनीमा, ‘सेकेन्डरी मार्केट’ मा जबरजस्ती बढाएको मूल्यमा निरन्तरता कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयरमा आकर्षण बढेको छ । खासगरी, हालसालै आइपीओ बिक्री गरेर सूचीकृत भएका कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका छन् । लगानीकर्ताहरुले आधारभूत तथ्यांकभन्दा बढी बजारको हावा, हल्ला, र छोटो समयमै फाइदा कमाउने मनोवृत्तिमा आधारित निर्णय गरिरहेको देखिन्छ । बजारमा कुनै सीमित समूहको आक्रामक खरिदले […]

अमेरिकामा नवजात हेपाटाइटिस–बी खोप विवादमा

वासिङ्टन  । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत खोपप्रति शंका राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले गठन गरेको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस–बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबीच तीव्र बहस चर्किएको हो । धेरै चिकित्सकको कडा विरोधका बीच एटलान्टास्थित ‘खोप अभ्यास सम्बन्धी सल्लाहकार समिति’ (एसिआइपी) ले बिहीबारदेखि दुईदिने बैठक प्रारम्भ गर्दै […]

‘ठूला करदाताको पूर्ण कर परीक्षण निरन्तर भइरहेको छ’

काठमाडौं । ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने काम अहिले पनि निरन्तर भइरहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभाग अन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतका लागि पूर्ण कर परीक्षण कार्य गर्ने गरी वार्षिक कार्यगत लक्ष्य निर्धारण भइरहेकोमा पूर्ण कर […]

गुण्डुमा बनाउन थालियो ‘ओली कुटी’, राधिकाले गरिन् शिलान्यास

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुन्डुमा निवास निर्माणका लागि शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ निर्माणका लागि बिहीबार शिलान्यास गरेकी छन् । भदौ २४ मा बालकोटस्थित निवास आगजनी र तोडफोड भएको थियो । जेन-जी आन्दोलनका कारण सरकार विस्थापित भएपछि ओली गुन्डु बस्दै आएका छन् ।

नेपालले थप ३५ मेगावाट विद्युत् भारत निर्यात गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ थप ३५ मेगावाट विद्युत् निर्यात गर्न अनुमति पाएकाे छ। भारतको केन्द्रिय विद्युत प्राधिकरणले मंसिर १६ गते सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत् भारतको प्रतिस्पर्धी बजारमा निर्यात गर्न अनुमति दिएको हो । यससँगै भारततर्फ निर्यात हुँदै आएको कुल विद्युत् मात्रा १२०० मेगावाट पुगेको […]

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ : अध्यक्ष कार्की

काठमाडौं । लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको अवस्थामा सरकारले हाल १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए खुला गर्ने तयारी थालेको छ। विद्युत प्राधिकरणको सञ्चालक समितिले यस विषयमा निर्णय गरी थप स्वीकृतिका लागि ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि, स्वतन्त्र ऊर्जा उत्पादक संघ (ईप्पान) का अध्यक्ष गणेश कार्कीले १० मेगावाटसम्मको पीपीए मात्र खोलेर नेपालले परिकल्पना गरेको […]

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

ललितपुर । बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधरण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

घोषित मितिमा निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकारको प्रमुख दायित्व भएको बताएका छिन् । ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न […]

प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका […]

कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने

काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ । त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ […]