विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा आर्थिक वर्ष ०८२–०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुनेछ ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा करोबार भएरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो । यसदिन चाँदीको मूल्य ११० रुपैयाँले बढेको छ । बजारमा चाँदी […]

डा. अमर गिरीका दुई साहित्यिक कृति एकैसाथ बजारमा

काठमाडौं । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन् । गिरीको छैठौं कविता सञ्चयनका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो । कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा […]

आरएसडिसी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले संस्थाक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जाना संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखेको हो । जस अनुसार केशब प्रसाद भण्डारीको १० हजार ५९२ कित्ता, शालिकराम भण्डारीको १७ हजार ५८० कित्ता र कमला न्यौपानेको नाममा रहेको २० हजार ६३२ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कम्पनीका […]

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तिय संस्थालाई परिपत्र कर्जाको पुनरतालिकीकरण गर्ने देखि ब्यक्तिगत र संस्थागत निक्षेपमा समान ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२\०८३को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले १४ मंसिरमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेको थियो । सो समिक्षमा, समेटिएका बिषय कार्याँन्वय गराउन बैङ्कले परिपत्र जारी गरेको हो । नेपाल राष्ट्र बैङ्कले जारी […]

माछापुच्छ्रे एसआइपी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आज (मंसिर १४ गते) देखि सामूहिक लगानी कोष माछापुच्छ्रे एसआइपी योजनाको इकाई सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको इकाइमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । उक्त इकाइमा मागभन्दा बढी आवेदन परेकाले आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० […]

ओखलढुङामा पुन महाधिबेशन प्रतिनिधि छनौट गर्न केन्द्रको निर्देशन

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयले यस अघि ओखलढुङामा भएको महाधिवेशन प्रतिनिधि चयन बदर गरेको छ । एकपक्षिय ढङगबाट  प्रतिनिधि छनौट गरेको  उजुरी परेपछि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पुनः शुरु गर्न निर्देशन दिइएको हो ।  नया निर्देशन अनुसार ओखलढुङ्गा जिल्ला कमिटीले निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः शुरु गर्नु पर्नेछ । एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि […]

नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, कस्ता छन् सूचकहरु ? 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिनै लाग्दा यो कम्पनीले भने गत आवको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो । अन्य बीमा कम्पनीहरूले भने चालू आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय […]

प्रभु महालक्ष्मी लाइफको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले सेयर बिक्रीमा राखेको […]

मधेस प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री यादवले विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशसभा बैठक आज बस्ने भएको छ ।  मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि  बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका […]