सरकारी वित्त : आम्दानी भन्दा खर्च बढी, बजेट घाटा मात्र १ खर्ब ६१ अर्ब

काठमाडौं ।  चालु आर्थिक वर्षको ९ (साउन देखि फागुनमसान्त) महिनामा सरकारको आम्दानी भन्दा खर्च २१ प्रतिशतले बढी रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषण अनुसार चालु आवको ९ महिनाको अवधिमा सरकारको कुल आम्दानी अर्थात् रावस्व संकलन ७ खर्ब ६५ अर्ब १० करोड १६ लाख रहेको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ४८.८९ […]

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई नक्कली सामग्री फैलिँदै

वासिङ्टन। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन । अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्व युद्ध सुरु भएपछि एआईले बनाइएका दृश्य सामग्रीहरूको बाढी आएको छ । यसले […]

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु–रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गर्नुभएको छ । राज्य सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाको सम्भावित प्रतिक्रियाका रूपमा हेरिएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले किमले शनिबार देशको पूर्वी समुद्री […]

चुनावी माहोलबीच घरजग्गा कारोबारमा गिरावट, एक महिनामा १४ हजारभन्दा बढीले घट्यो लिखत पारित

काठमाडौं । देशभर चुनावी माहोल हुदा यता चालु अर्थिक वर्ष २०८२\८३ को फागुनमा घरजग्ग कारोबार माघको तुलनामा घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कका अनुसार देशभरका मालपोत कार्यालयहरु बाट ३६ हजार ४७१ लिखत पारित भएको छ । चालु आवको माघको तुलनामा १४ हजार ३७६ ले कम हो । माघमा  कुल ५० हजार ८३७ […]

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गरेकी हुन । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी […]

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् । निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी […]

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी । बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो । आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका […]

सरकारले गर्यो ८ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजस्व संकलन

काठमाडौं ।  सरकारले लक्ष्यको ५१ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा सरकारले कुल ७ खर्ब ५१ अर्ब ८५ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन रकम लक्ष्यको ५०.८० प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ […]

कस्तुरी फर्मास्युटिकल्स आइपीओ ल्याउने तयारीमा

काठमाडौं ।भरतपुर चितवनमा प्रथम औषधि उद्योगको रुपमा स्थापना भएको कस्तुरी फर्मास्युटिकल्स लि. ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउने तयारी गरेको छ । कम्पनीले आइपीओ ल्याउनका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेको र नयाँ सेयरधनी लगत प्राप्त हुनासाथ नेपाल धितोपत्र बोर्ड (सेवोन) मा जाने निर्णय गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी रु. ५० करोड रहेको र […]