वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगन्ज ।  सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब एक दर्जन […]

मूल्यबारे भ्रम फैलिएको निगमको दाबी, ‘क्रुड आयल भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ’

काठमाडौं ।  नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार […]

मन्त्रीलाई आइफोन दिन लागेको भन्दै भ्रम छरियो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो भन्दै प्रश्न गरेका छन्। मन्त्रीलाई आइफोन दिन लागिएको समाचार विभिन्न समाचार माध्यममा आएको थियो। आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उनले खण्डन गरेका हुन्। ‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको […]

सरकारी विज्ञापन र सूचनामा पारदर्शिता ल्याउन नयाँ नीति कार्यान्वयन गरिने

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् । आइतवार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पारे। उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता […]

राष्ट्रियसभाका अध्यक्ष दाहाल र टर्किस सभामुखबिच शिष्टाचार भेट,दूतावास खोल्न टर्की सकारात्मक

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेटवार्ता गरेका छ्न् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसद्का सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल […]

मानव स्वास्थ्य र माटो संरक्षणका लागि विषादीरहित तरकारी उत्पादन

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् । विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् […]

इन्धनको मूल्यले बिथोलियो भान्सा, ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली पनि महँगियाे

काठमाडाैं । पेट्रोलियम पदार्थमा भएको भारी मूल्य वृद्धिको बाछिटा कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रस्ट रुपमा देखिन्छ । ढुवानी भाडा बढ्दा उपभोक्ताको थाली महँगो भएको हाे । आइतबारको बजारमा तरकारीको मूल्यमा विविधता देखिएको छ । गोलभेडा ठूलो (भारतीय) को मूल्य ७५ रुपैयाँ (औसत) रहँदा लोकल गोलभेडा ३० रुपैयाँमै उपलब्ध छ । यसले भारतीय आयातित गोलभेडा […]

लायन्स क्लवको आयोजनामा रक्तदान सम्पन्न

काठमाडौं । जियोन ओभरल्याण्डको आयोजित बाइकर्स जात्रामा लायन्स क्लव अफ काठमाडौं अटो सोसियल फ्रेण्डस र लायन्स क्लव अफ काठमाडौं ग्लोबल युथको संयुक्त आयोजन र अटो नेपाल, पत्रिकाको सहयोगमा सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी लायन वर्ष २0२६र२७ का लागि फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कुश प्रसाद मल्ली […]

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, 800V PHEV र EV संस्करणसहितको ताइशान X8 SUV सार्वजनिक

काठमाडौं । डोङफेङको भोयाले नयाँ ताइशान X8 सार्वजनिक गरेको छ, जुन पाँच सिट क्षमता भएको ठूलो SUV हो। यो गाडी EV र प्लग–इन हाइब्रिड (PHEV) दुवै संस्करणमा उपलब्ध हुनेछ, जसमा PHEV संस्करणले अधिकतम ३१० किमीसम्मको EV रेन्ज प्रदान गर्छ। ताइशान X8 हुवावेको हार्मोनीओएस इकोसिस्टमको नवीनतम संस्करण प्रयोग गर्ने पहिलो गाडी हुनेछ, जसमा डुअल १५.६ इन्च […]

आईपीएलमा आज २ खेल हुदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो ३:४५ बजे कोलकाता नाइट राइडर्स ले आफ्नै घरेलु मैदान इडेन गार्डेनमा राजस्थान रोयल्स को सामना गर्दै छन् । त्यस्तै, आजै राति ७:४५ बजे हुने दोस्रो प्रतिस्पर्धामा पञ्जाब किंग्स  र लखनऊ सुपर जायन्ट्स भिड्दैछन्।