महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु, तीन जना घाइते

जनकपुरधाम । महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो। उक्त दुर्घटनामा एक महिला र एक पुरुष […]

एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । २१ दिनको उपचारपछि उनी आज डिस्चार्ज भएका हुन् । गत चैत १४ गते पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो । अस्पताल स्रोतका अनुसार ओलीकाे […]

बाजुरामा टेलिकमको फोन नेटवर्कमा संकट

बाजुरा । बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ । जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएको हो […]

विज्ञापनमा स्पष्ट सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने इजाजतपत्र प्राप्त संस्थाहरूलाई विज्ञापन गर्दा अनिवार्य आधिकारिक सम्पर्क विवरण खुलाउन निर्देशन दिएको छ । विभागले जारी गरेको सूचना अनुसार श्रमिक माग गर्दै राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशित हुने विज्ञापनमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र सम्पर्क स्थान स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । […]

आजदेखि हरेक शनिबार असन क्षेत्रका यी रुटमा सवारी साधन प्रवेश निषेध

काठमाडौं ।काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन्। हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ। आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका […]

चैतमा ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौं ।देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्‍याएर फेरि काममा जाने २ लाख ९३ लाख २५७ जनालाई श्रम स्वीकृति दिएको छ। विभागको प्रशासन तथा योजना शाखाका अनुसार यो संख्या भनेको नयाँ श्रम स्वीकृति लिनेहरुको भन्दा धेरै हो। श्रम विभागले चैत महिनाभरिमा वैदेशिक रोजगारीमा जानको लागि […]

अमेरिकी सहायक विदेशमन्त्री सिधै काठमाडौँ आउँदै

काठमाडौं ।दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुरले नेपाल भ्रमण गर्ने भएका छन्। बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका उनी अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्। नेपाल भ्रमणको लागि मात्र भनेर उनी अमेरिका बाहिर निस्किन लागेका हुन्। अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा […]

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व सङ्कलन

हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत अर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२/८३ को साउनदेखि चैत महिनासम्ममा ३० […]

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं ।सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, […]

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी सस्थाले दुग्धजन्य उत्पादन बिक्री गर्न प्रत्येक साताको एक दिन मेला सञ्चालन गर्न थालेको छ । गाउँपालिकाको एकमात्र महिला सहकारी संस्थाको रुपमा रहेको उक्त सहकारीले सदस्य महिलाहरुको आयआर्जन र आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोहीअनुसार सदस्यहरुद्वारा उत्पादित दुग्धजन्य वस्तु तथा कृषिउपज […]