तीन लाखले भ्रमण गरे प्रथम रौता पर्यटन महोत्सव

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन गरिएको पाँच दिने प्रथम रौता पर्यटन महोत्सवमा तीन लाखले भ्रमण गरेका छन् । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन गरिएको प्रथम रौता पर्यटन महोत्सवमा उदयपुरसहित कोशी, मधेस प्रदेशका अन्य जिल्लाबाट उल्लेख्य उपस्थित रहेको आयोजक रौता पर्यटन महोत्सव समितिका संयोजक दिनेश श्रेष्ठले बताए । रौता […]

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार साँझ साढे ५ बजे अर्थ मन्त्रालय पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो। नयाँ सरकार गठनसँगै […]

भक्तपुरमा युवा खेलाडीलाई लक्षित खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुने

काठमाडौं । भक्तपुरमा वैशाख ११–१३ गतेसम्म खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३ आयोजना हुँने भएकाे छ । देशभरका खेलाडीको सहभागिता अपेक्षा सहित भक्तपुरमा “खुला विद्यालय महिला तथा पुरुष हक्की प्रतियोगिता–२०८३” आयोजना हुने भएको हाे। वैशाख ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता मिड भ्याली कलेजको फुटसल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ। भक्तपुर जिल्ला हक्की […]

विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका […]

नयाँ वर्षसँगै नवलपुरमा बढ्यो पर्यटकको चहलपहल

नवलपुर । नयाँ वर्षको आगमनसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । नेपालीहरूको घुम्ने संस्कृति बढ्दै जाँदा अहिले नवलपुरका पर्यटकीय क्षेत्रहरू भरिभराउ रहेको पर्यटन व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायी सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष सन्तोष राना पछिल्लो समय जिल्लामा हाइकिङ (छोटो दूरीको पदयात्रा) तथा जङ्गल सफारी गर्न आउने पर्यटक बढेको बताउँछन् । “महाभारत पर्वत […]

होर्मुज संकट समाधानका लागि युरोपको ‘तेस्रो बाटो’

काठमाडौं । अमेरिका, इजरायल र इरानलाई सहभागी नगराइ फ्रान्स र बेलायतले होर्मुज स्ट्रेट पुन: खोल्ने उद्देश्यले ३० भन्दा बढी राष्ट्रहरूको एक शक्तिशाली गठबन्धन निर्माणको प्रयास थालेका छन् । शुक्रबार पेरिसमा आयोजित यस विशेष शिखर सम्मेलनमार्फत युरोपेली शक्तिहरूले मध्यपूर्वको युद्धमा आफ्नो प्रभाव देखाउन ‘तेस्रो बाटो’ को प्रस्ताव अघि सारेका छन् । छ हप्ताअघि अमेरिका र इजरायलले […]

पर्यटकलाई आकर्षित गर्दै बराहताल

बागलुङ । तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको बराहताल एक दशक अगाडिसम्म ओझेलमा थियो । गाउँपालिकाले पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न थालेपछि अहिले दैनिक आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ। समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटरको उचाइमा रहेको तालसम्म सडक पुगेपछि पर्यटकको आकर्षण बढेको हो । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको करिब डेढ करोड बढी […]

नेप्सेमा सूचीकृत सेयरको मूल्य अब दैनिक १५ प्रतिशतसम्म घटबढ हुने

काठमाडौं । नयाँ वर्ष २०८३ को आगमनसँगै नेपालको सेयर बजारमा व्यापक सुधार र नयाँपन देखिने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्ताको सुविधा र बजारको आधुनिकीकरणका लागि पाँचवटा महत्त्वपूर्ण नीतिगत परिवर्तनहरू कार्यान्वयनमा ल्याउने अन्तिम तयारी गरेको छ। यी परिवर्तनका लागि ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृत […]

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

वासिङ्टन। इरानसँगको युद्धविरामको समयसीमा नजिकिँदै जाँदा स्ट्रेट अफ होर्मुजको सुरक्षा र समुद्री आवागमन पुनः सञ्चालन गर्ने विषयमा अन्तर्राष्ट्रिय चासो तीव्र बनेको छ । यही सन्दर्भमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र बेलायतका विदेशमन्त्री यभेट कुपरबीच भएको छलफलले आगामी कूटनीतिक कदमहरूलाई थप स्पष्ट बनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता टोमी पिगटका अनुसार रुबियोले कुपरसँग टेलिफोन […]

पश्चिम एसिया युद्धमा टर्कीको कूटनीतिक पहल

काठमाडौं । पश्चिम एसियामा जारी युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय तथा विश्वव्यापी तनावबिच टर्कीले उच्चस्तरीय कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तान, साउदी अरेबिया र इजिप्टका विदेशमन्त्रीहरूलाई एकै ठाउँमा ल्याउँदै टर्कीले शुक्रबार अन्टाल्यामा महत्त्वपूर्ण कूटनीतिक फोरम आयोजना गरेको छ । यसलाई युद्धविरामलाई स्थायी बनाउने प्रयासको रूपमा हेरिएको छ। भूमध्यसागर किनारको पर्यटकीय सहर अन्टाल्यामा सुरु भएको […]