नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीखृत भएको हो । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख […]

मन्त्रिपरिषदको २७ निर्णय सार्वजनिक : भदौ २३ लाई जेनजी सहिद दिवस मनाइने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गरिएको छ । प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवस मनाइने सहित २७ वटा निर्णय मन्त्रिपरिषदले गरेको छ । जसमा आन्दोलनको क्षति मूल्यांकन समितको कार्यविध थप गर्ने देखि लिएर कार्वन व्यापावर नियमावली स्वीकृत गर्ने लगायतका रहेका छन् ।

आज पनि घट्यो नेप्से, साढे २३ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । आइतबार देखिन निरन्तर घटेको शशेयरर बजार आज मंगलबार पनि घटेको हो मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.२६ अंकले घटेर ४१९५.२४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०८ र सेन्सेटिभ फोल्ट […]

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण – #DigitalDecember2025 सुरु भएकॊ छ । यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।  डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका […]

कुलमान घिसिङद्वारा निर्माणाधीन बाल अस्पतालको निरीक्षण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको अस्पतालमा चालू आर्थिक वर्षमा संघीय सरकारले ८ करोड र बागमती […]

बाजुराको मार्तडी बजारमा भीषण आगलागी

बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेको ग्यारेजमा आगलागी भएको हो । बजारवासीले प्रहरीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् । बाजुरा सदरमुकाम मार्तडीमा  दमकल समेत छैन ।

सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । डेनमार्कका लागि नेपालको आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । यसअघि मन्त्रिपरिषद बैठकले तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो। चालु […]

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्। कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

महाधिवेशनका लागि समय कम भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए। कोइरालाले भने, ‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो […]