हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन्। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई आगामी ४ वर्षको कार्यकाल तोकेर सीईओ नियुक्त गरेको हो।

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ मा उत्साहजनक सहभागिता 

काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालन  गरेको हो  । हालै पोखरामा संचालन गरिएको ३ दिने प्रशिक्षणमा ३०० भन्दा बढी स्थानीय समुदायका बालिकाहरूले उत्साहका साथ सहभागिता जनाएका थिए […]

एनएलजी इन्स्योरेन्स कम्पनीको साधारणसभा हुँदै जेठ २२ मा बुक क्लोज हुने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १९ औँ वार्षिक साधारणसभा जेठ २९ गतेलाइ आह्वान गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँबराबरको […]

खरबुजा खेतीबाट एक याममा पाँच लाख आम्दानी

झापा । मेचीनगर नगरपालिका-७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा रु पाँच लाख बढी आम्दानी गरेका छन् । उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका छन् । थापाले अहिले खरबुजा प्रतिकिलो रु ४० मा बिक्री भइरहेको जानकारी दिए । वार्षिक रु ४० हजार तिरेर भाडामा लिइएको जमिनमा खेती […]

सगरमाथा संवादमा बाह्र विषयका समानान्तर सत्र

काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भएका छन् । उक्त सत्रहरूमा विभिन्न मुलुकबाट आउनुभएका र नेपालका सरकारी निकायका सम्बन्धित अधिकारी तथा विज्ञहरूले आ–आफ्ना अनुभव आदानप्रदान गरे । संवादको सुरु भएको दिन जेठ २ गते उद्घाटन समारोहपछि हिमनदीहरूको संरक्षणका लागि एक दशमलव पाँच डिग्री तापक्रम सीमित गर्ने […]

तेह्रथुम पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयरमा सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ ।  १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र […]

कालिमाटीमा सस्तो बन्दा, महँगो सिताके च्याउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै […]

आइतबार कुन मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन धेरैजस्तो मुद्राको मूल्य स्थिर छ । अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, दिनारलगायतका मुद्रा शुक्रबारकै दरमा खरिदबिक्री भैरहेका छन् । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । […]

नेपालमा चारवटा वायु सक्रिय, तराईका भूभागमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]