RE
Global College

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत मन्त्री पुनले युवालाई सम्बोधन गर्दै देशको वर्तमान अवस्थालाई परिवर्तन गर्न संस्थागत सुधार आवश्यक रहेको उल्लेख गरे। उनले भने,‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाले खोइ त बुझेको?’

पुनका अनुसार आगामी फागुन २१ गते हुने आमचुनाव देशको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण मोड हो। उनले युवापुस्तालाई बढीभन्दा बढी युवा नेतृत्वलाई विजयी गराएर पुराना, जकडिएका नेताहरूलाई बिदा गर्न अपिल गरे।

उनले केही पुराना नेताहरू लोभ, स्वार्थ र हितसमूहको प्रभावमा परेर राज्य संयन्त्रहरू कमजोर बनाइरहेको आरोपसमेत लगाए। उनले भने,‘अहिलको युवापुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ववल बनाउने एउटै मात्र बाटो भनेकै फागुन २१ गतेको आमचुनावमा धेरैभन्दा धेरै युवा नेताहररूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो। बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएका रहेछन् जसले देशको संयन्त्रहरू बर्बाद गरिरहेका छन्। अनि देश कसरी बन्छ? कि त अन्तिम उपाय भनेको पूर्ण क्रान्ति हो।’

NECO

Leave Your Comment

Related News