मन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISAआईएसए) को आठौं महासभामा भाग लिन नयाँ दिल्ली आउनुभएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो । विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी […]

इनरुवा-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम जेभि तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली । नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की -दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम -जे भि_ तथा शेयरहोल्डर सम्झौतापत्र (Joint Venture and Shareholders’ Agreement) मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ […]

किन तोड्दै छ सरकारले सडकको ५३ वटा ठेक्का ?

काठमाडौं ।  भूकम्प, कोभिड र जेनजी आन्दोलनले थलिएको अर्थतन्त्र उकास्न नसकेको अवस्थामा सरकारले निर्माण क्षेत्रको ठेक्का सम्झौताहरु तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरेको लामो समयसम्म निर्माण कार्य अघि नबढाउने तथा सम्पन्न नगरेको कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सडकसम्वन्धी ५३ वटा ठेक्का तोड्न […]

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा १६ वटा रिट निवेदनमाथि एकमुष्ट सुनुवाइ हुने कोइरालाले बताए […]

निरन्तर हिमपात : ‘हिडन भ्याली’मा ३ बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा

म्याग्दी। निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये ३ बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार […]

राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज कार्तिक १२ गते ४० अर्ब रूपैयाँ तरलत खिच्ने भएको छ । राष्ट्र बैंकले १७५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार आज कार्तिक १२ गते मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

बुधबार सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको  २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसदिन चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला २ […]

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा आज अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले […]

सोल्टी होटलको ३१.५७ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सोल्टी होटलले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर सहित १६.५७ प्रतिशत नगद गरी जम्मा ३१.५७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न होटलले मंसिर २८ गते साधारण सभा बोलाएको छ । […]

मुस्ताङमा भारी हिमपात

मुस्ताङ । बुधबार बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । “चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ […]