हप्तामा ६ दिन अस्पताल सञ्चालन गर्न मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ। अस्पतालहरूले आफ्नो क्षमता, जनशक्ति र सेवा चापका आधारमा आइतबार समेत सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। […]

